Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
Team Details
  • Home
  • Team Details
  • स्पेनिस फुटबल टिमलाई राजदुत डा. ढकालले गरिन बिदाई
स्पेनिस फुटबल टिमलाई राजदुत डा. ढकालले गरिन बिदाई
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-9-11
Chelsea World School Chelsea World School

काठमाडौं । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि स्पेनिस फुटबल टिम कासेरेन्यो सिपीको ५० सदस्यीय टोली सोमबार मड्रिडबाट काठमाडौंका लागि उडेको छ । कतार एयरको विमानबाट टोली दोहा हुँदै मंगलबार बिहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । विमानस्थलबाट टोली सोझै पोखराका लागि उड्नेछ ।

पोखरा र काठमाडौंमा स्थानीय टिमसँग एक÷एक मैत्रीपूर्ण खेल खेल्न आउन लागेको स्पेनिस लिग संरचनाको दोस्रो डिभिजनको टोलीलाई सोमबार मड्रिड विमानस्थलमा स्पेनका लागि नेपाली राजदुत डा. सर्मिला पराजुली ढकालले बिदाई गरिन । बिदाईको अवसरमा राजदुत डा. ढकालले टिमको सखुद नेपाल बसाईको कामना गर्दै दुई देशको खेलकुदलाई एक–अर्कासँग जोड्ने प्रयासमा यो पहिलो पाइला हुने विश्वास व्यक्त गरिन ।

‘नेपाल एउटा शान्तिप्रेमी देश हो । नेपालले सधै विश्वमा शान्तिको सन्देश प्रवाह गर्दै आएको छ । नेपाल सरकार शान्तिका लागि गरिने सबैखाले प्रयासमा सहयोग गर्न सधै तत्पर छ,’ स्पेनिस टिमको बिदाईका क्रममा राजदुत डा. ढकालले भनिन्, ‘ तपाईहरुको यो भ्रमणले नेपाल र स्पेनको सम्बन्धले नयाँ उचाई हासिल गर्नेछ ।’

स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो ।

स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गत जनवरी चारमा रियाल मडिर्डसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको कासेरेन्योले नेपाल भ्रमणमा हुने दुई खेललाई त्यसको अभ्यासका रुपमा प्रयोग गर्ने योजना बनाएको छ । ‘शान्तिका लागि फुटबल’को नाराका शाथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यमा हुन लागेको मैत्रीपूर्ण भ्रमणमा कासेरेन्योले गण्डकी ११ र काठमाडौं ११ सँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङ कप्तानीमा रहने गण्डकी ११ को प्रशिक्षणको जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन् । टोलीमा प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको उपस्थिती रहने बताइएको छ ।

यसैगरी काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् ।

कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । क्रिस्मस मनाएर काठमाडौं आउने टोली दुई खेललगत्तै नयाँ वर्ष मनाउन स्पेन फर्किने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका अध्यक्ष तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरीले जानकारी गराएका छन् ।


प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  २०:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप Team Details
युथ ओपन फाइभ के रन असारमा हुने
युथ ओपन फाइभ के रन असारमा हुने 2080-2-24
राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित
राष्ट्रिय खेलकुद प्रतिभाबाट ६ खेलाडीसहित ९ सम्मानित 2080-2-12
इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा
इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा 2080-1-21
बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनलाई मासिक तलव दिने
बुद्धिचाल महासंघले राष्ट्रिय च्याम्पियनलाई मासिक तलव दिने 2080-1-12
करिश्मालाई डब्लुबीसी मुवाँथाईको उपाधि
करिश्मालाई डब्लुबीसी मुवाँथाईको उपाधि 2079-12-26
डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार
डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार 2079-12-24
सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धनलाई एक स्ट्रोकको अग्रता
सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धनलाई एक स्ट्रोकको अग्रता 2079-12-15
Navodit College Navodit College
ताजा समाचार
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण खेलकुद मञ्‍च
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता खेलकुद मञ्‍च
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित खेलकुद मञ्‍च
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य खेलकुद मञ्‍च
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता मंगलबार, असोज २८, २०८२
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य सोमबार, असोज २७, २०८२
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित मंगलबार, असोज २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्