Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • कतार विश्वकपमा आज क्वाटरफाइनलका दुई खेल हुँदै
कतार विश्वकपमा आज क्वाटरफाइनलका दुई खेल हुँदै ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-8-23
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । दुई दिनको विश्रामपछि अन्तिम आठको आज हुने पहिलो खेलमा ब्राजिलले साविक उपविजेता क्रोएसियाको सामना गर्दै छ ।

ब्राजिल र क्रोएसियाबीच हुने खेल एजुकेसन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । कतार विश्वकपमा अपराजित रहँदै क्रोएसिया क्वाटरफाइनल पुगेको हो भने ब्राजिल एक खेल पराजित भइसकेको छ । ब्राजिलले अन्तिम–१६ को खेलमा दक्षिण कोरियाको चुनौती ४–१ ले पन्छाएको थियो । यता, क्रोएसियाले भने जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो । दुई टोलीबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ जसमा ब्राजिलले तीन खेलमा जितेको छ भने एक खेल बराबरीमा सकिएको छ ।

क्रोएसिया फिफा वरीयतामा १२ औं स्थानमा छ । चार वर्ष अघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसिया फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदै उपविजेता बन्यो । क्रोएसिया पूर्णतः लुका मोड्रिचमा केन्द्रित छ ।

फिफा वरीयतामा विश्व नम्बर एक अनि विश्वकपको सदाबहार दाबेदार रहेपनि ब्राजिलले २००२ पछि उपाधि जित्न भने सकेको छैन । ब्राजिल टिममा नेयमर चोटमुक्त हुँदै फर्केपछि उत्साहित रहनेछ । तर प्रशिक्षक टिटेले फुलब्याक एलेकस टेल्सलाई भने चोटकै कारण गुमाइसकेका छन्, यो टिमका लागि धक्का हो ।

पछिल्लो पटक एसियामै भएको विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा उपाधिको पर्खाइलाई अन्त्य गर्न चाहन्छ । चार वर्ष अघि रुसमा क्वाटरफाइनल पुगे पनि बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्केको थियो ।

आजै हुने दोस्रो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालमा हुने यो खेल राति १२:४५ बजेदेखि सुरु हुनेछ । अर्जेन्टिनाले अन्तिम–१६ को खेलमा अस्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो । यस्तै, नेदरल्यान्ड्सले भने अमेरिकालाई ३–१ ले पराजित गरेको थियो ।

अर्जेन्टिना फिफा वरीयतामा तेस्रो स्थानमा छ । नेदरल्याण्ड्स फिफा वरीयतामा ८ औं स्थानमा छ । अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलोपल्ट विश्वकप फुटबलमा च्याम्पियन भएको थियो । त्यसको दुई दशकपछि अर्जेन्टिनालाई हराएर नेदरल्यान्ड्स सेमिफाइनल पुगेको थियो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भएको थियो । तीन पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कंदै क्वाटरफाइनल पुगेको हो । दुई टोलीबीच अहिलेसम्म ९ खेलमा प्रतिस्पर्धा भएको छ जसमा ४ खेलमा नेदरल्यान्ड्सले जितेको छ भने तीन खेल अर्जेन्टिनाले जित्दा २ खेल बराबरीमा सकिएको छ ।

अर्जेन्टिना पनि ८ वर्षपछि क्वाटरफाइनल खेल्दैछ । आठ वर्षअघि सेमिफाइनलमा बेहोरेको हारको बदला लिने दाउमा छन् भान गाल । यसपालि पनि उनको मुख्य चुनौती मेसी नै हुन् । लिओनल मेसीको सम्भावित अन्तिम विश्वकपको रुपमा रहेको यस संस्करणमा अर्जेन्टिना च्याम्पियन बन्दै ३६ वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यमा छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ११:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक
अन्तर्राष्ट्रिय केम्पोमा नेपालले जित्यो पाँच पदक आइतबार, भदौ २८, २०८३
इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा
इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा बिहीबार, असार ३२, २०८३
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा शुक्रबार, असार २६, २०८३
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो शनिबार, माघ ४, २०८२
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
Navodit College Navodit College
ताजा समाचार
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे
एनपिएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि: अध्यक्ष धिमिरे खेलकुद मञ्‍च
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित
आइएचएफ नेसन्स वुमेन्स ट्रफीः माल्दिभ्सविरुद्ध नेपालको जित खेलकुद मञ्‍च
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित खेलकुद मञ्‍च
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं खेलकुद मञ्‍च
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
कटारीलाई दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान राष्ट्रिय रग्बीको उपाधि
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानको ओइरो
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
निसर्ग बाटिकालाई १४ औं एनएसए कप पौडी उपाधि
नेपालका पाँच जनालाई ओसिएको सम्मान
नेपालका पाँच जनालाई ओसिएको सम्मान
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
दसौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ- मन्त्री पोखरेल
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
ओमानमाथि नेपालको ११३ रनको शानदार जित
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
कांस्य पदक भिडन्तमा रेनु पराजित
कांस्य पदक भिडन्तमा रेनु पराजित सोमबार, कात्तिक ३, २०८३
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं
ओमानलाई हराउँदै नेपाल लिग टुमा छैटौं सोमबार, कात्तिक ३, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्