काठमाडौं । कतारमा यही नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि स्विट्जरल्यान्डले टोली घोषणा गरेको छ । स्विट्जरल्यान्डले बुधबार विश्वकपका लागि २६ सदस्सीय अन्तिम टोलीको घोषणा गरेको हो ।
स्विट्जरल्यान्डले घोषणा गरेको टोलीमा जेर्डन शाकिरी, रेमो फ्रुलर र ग्रानिट जाका अटाएका छन् । स्विट्जरल्याण्डले कतार जाने क्रममा लगातार पाँचौं विश्वकप खेल्ने तयारी गरिरहेको छ ।
नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपमा स्विट्जरल्यान्ड समूह 'जी' मा रहेको छ । यस समूहमा ब्राजिल, सर्बिया, क्यामरुन समावेश छन् । स्विट्जरल्यान्डले नोभेम्बर २४ मा क्यामरुनसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
स्विट्जरल्यान्डको २६ सदस्सीय टोली
गोलकिपर : यान सोमर, जोनास ओम्लिन, ग्रेगोर कोबेल, फिलिप कोन
डिफेन्डर : रिकार्डो रोड्रिग्ज, फाबियन स्कार, म्यानुअल अकान्जी, निको एल्वेदी, सिल्भान विडमर, एरे कमर्ट
मिडफिल्डर : जेर्डन शाकिरी, ग्रानिट जाका, रेमो फ्रुलर, डेनिस जाकारिया, जिब्रिल सो, रेनाटो स्टेफेन, फाबियन फ्रेई, मिशेल एबिशर, अर्डोन जसारी, एडिमिलसन फर्नान्डिस, फेबियन रिडर
फरवार्ड : ब्रील एम्बोलो, रुबेन वर्गास, नोआ ओकाफोर, हरिस सेफेरोभिक, क्रिश्चियन फास्नाच