काठमाडौं । कतारमा यही नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्रोएसियाले टोली घोषणा गरेको छ । क्रोएसियाले मंगलबार रियल म्याड्रिडका स्टार लुका मोड्रिचलाई समावेश गर्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
क्रोएसियाको टोलीमा अनुभवी खेलाडीहरु टोटेनहमका इभान पेरिसिच, डेजान लोभरेन, मार्सेलो ब्रोजोभिक, आन्द्रे क्रमारिक, मारियो पासालिक, चेल्सीका माटियो कोभासिच समावेश छन् ।
२०१८ मा रुसमा भएको विश्वकपमा उपविजेता बनेको क्रोएसिया कतार विश्वकपको समूह 'ई' मा रहेको छ । यस समूहमा बेल्जियम,क्यानडा र मोरक्को रहेको छ । क्रोएसियाले नोभेम्बर २३ मा मोरक्कोसँग विश्वकपको पहिलो खेल खेल्नेछ । तर पहिले, क्रोएसियाले नोभेम्बर १६ मा साउदी अरेबियासँग एउटा अन्तिम मैत्रीपूर्ण खेल खेल्नेछ ।
क्रोएसियाको २६ सदस्सीय टोली
गोलकिपर : डोमिनिक लिभाकोभिच, इभिका इभुसिच, इवो गबिच
डिफेन्डर : डोमागोज भिडा, डेजान लोभ्रेन, बोरना बरिसिच, जोसिप जुरानोभिच, जोस्को गभार्डीओल, बोरना सोसा, जोसिप स्टानीसिच, मार्टिन एर्लिच, जोसिप सुटालो
मिडफिल्डर : लुका मोड्रिच, मटियो कोभासिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालीच, निकोला भ्लासिच, लोभ्रो माहेर, क्रिस्टियन जाकिच, लुका सुचिच
फरवार्ड : इभान पेरिसिच, आन्द्रे क्रामारिच, ब्रुनो पेक्टोभिच, मिस्लाभ ओर्सिच, आन्टे बुडीमिर, मार्को लिभाजा