काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी पुरुष टि-२० विश्वकप २०२२ काे फाइनलमा पाकिस्तान पुगेकाे छ । बुधबार भएकाे पहिलाे सेमिफाइनल खेलमा न्युजील्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेकाे हाे । न्युजील्याण्डले दिएकाे १५३ रनकाे लक्ष पाकिस्तानले १९.१ ओभरमा ३ विकेटकाे क्षेतिमा पुरा गरेकाे हाे ।
सिड्नी क्रिकेट मैदानमा भएकाे खेलमा टस जितेर पहिला ब्याटिङ राेजेकाे न्युजील्याण्डले निर्धारित २० ओभरमा ४ विकेटकाे क्षतिमा १५२ रन बनाएकाे थियाे । न्युजील्याण्डकाे तर्फबाट डार्याल मिच्चेलले सर्वाधिक ५३ रन बनाएका छन् । उनले ३५ बलमा ३ चाैका र एक छक्काकाे मद्दतले हाफसेन्सुरी बनाउन सफल भएका हुन् । त्ससैगरी क्याप्टेन केन विलियमसनले ४६ रन बनाए । उनले ४२ बलमा १ छक्का र १ चाैकाकाे मद्दतमा याे स्काेर खडा गरेका हुन् ।
पाकिस्तानका साहिन साह अर्फिदिले २ र माेहम्मद नवाजले १ विकेट लिए । ४ ओभर बलिङ गरेका अर्फिदिले २४ रन खर्चेर २ विकेट लिएका हुन् भने २ ओभर बलिङ गरेका नवाजले १२ रन खर्चेर १ विकेट लिएका हुन् ।
जवाफी ब्याटिङमा उत्रेकाे पाकिस्तानले कप्तान बबर अजम र माेहम्मद रिजवानकाे अर्धशतकिय पारीले जित जाेगाउन सफल भएकाे हाे । खेलमा कप्तान बबरले ४२ बलमा ७ चाैकाकाे मद्दतले ५३ रन बनाएर आउट भएका थिए । त्यसैगरी, रिजवान भने सर्वाधिक ५७ रन बनाउन सफल भए । उनले ४३ बलमा ५ चाैकाकाे मद्दतले ५३ रन बनाएका हुन् । पछि उनी क्याच आउट भए ।
न्युजील्याण्डका ट्रेन्ट बाेउल्टले ४ ओभर बलिङ गरेका बाेउल्टले ३३ रन खर्चेर २ विकेट लिएका हुन् । त्यसैगरी मिचेल सान्तरले १ विकेट लिए । ४ ओभर बलिङ गरेका सान्तरले २६ रन खर्चेर १ विकेट लिएका हुन् ।
न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समुह २ को उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो । १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन । त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो ।
पाकिस्तानले तेस्रो पटक टि-२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । पाकिस्तानले विहिबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिकालगि आइतबार भिड्नेछ । बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले आइतबार फाइनलमा पाकिस्तानसँग खेल्नेछ ।