काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ प्रतियोगिताको तेस्रो दिन सोमबार पुरुषतर्फ २४ जना सेमिफाइनलमा पुगेका छन् ।
पहिलो चरणमा भएको खेलमा ४८ तौल समूहमा नेपाल पुलिस क्लवमा दिपेश राईलाई हराउँदै एपीएफका आश तामाङ सेमिफाइनलमा पुगेका छन् । उनले ४.१ अंक प्राप्त गरेका थिए । यस्तै ५१ केजी तौल समूहमा बाग्मती प्रदेशका रविन थापा विजयी भए ।
५१ केजी समूहमा नेपाल पुलिस क्लवका चन्द्रवहादुर थापा (५ अंक) त्रिभुवन आर्मी क्लवका सुवास तामाङ (४.११अंक) ५४ केजीमा गण्डकी प्रदेशका पूर्णवहादुर गुरुङ (३.२) सोही समूहमा प्रदेश १ का आङपेम्वा शेर्पा, सोही समूहमा कर्णालीका प्रकाश शाही (४.१), ५७ केजी समूहमा एपीएफका पुरन राई (५ अंक), ६० केजी समूहमा लुम्बिनी प्रदेशका अनिलकुमार पुन मगर (३.२) र ४ अंक प्राप्त गर्दै बाग्मतीका सुवास माली विजयी भए ।
यसैगरी, ६३ केजीमा लुम्बिनीका नेत्रबहादुर थापा विजयी भएका छन् । उनले ५ अंक प्राप्त गरेका थिए । यस्तै, सोही समूहमा आर्मीका लालु आले मगर (३.२), ६७ केजीमा बाग्मतिका दावा र्छिरिङ लामाले ५ अंक ल्याए । आर्मीका धनबहादुर दलार्मीले ५ अंक ल्याएका छन् । त्यस्तै, ७१ केजी समूहमा एनआरएनका चन्द्रवहादुर तामाङले बाग्मती प्रदेशका प्रमोद राईबाट वाकवभर पाएका छन् । एपीएफका निश्चल विष्टले ३.२ अंक प्राप्त गर्दै विजयी भए ।
७५ केजी उमेर समूहमा प्रदेश १ का प्रशान्त दाहाल (५ अंक), सोही समूहमा लुम्बिनीका हेमराज राउतले मधेशका राम निवास कुमारसँग वाकवभर पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए । ८० केजी समूहमा प्रदेश १ का फूर्वेनी शेर्पा ४.१ ल्याएर विजयी भएका छन् । सोही समूहमा मधेशका मनोज वेल्दारले वाकवभर दिएपछि बाग्मती प्रदेशका मोहन तामाङले सेमिफाइनल यात्रा तय गरे । ८६ केजी तौल समूहमा पनि एपीएफका रविन नेपालीले आर्मीका कृष्णराज शाहीवाट वाकवभर पाएर सेमिफाइनलमा प्रवेश गरे ।
९२ केजीमा एपीएफका गोकुल गुरुङ विजयी भए । सोही समूहमै गण्डकीका दिपक सुनुवार विजयी भएका छन् भने, ९२ भन्दा माथिको तौल समूहमा लुम्बिनी प्रदेशका सुजन थापा मगर विजयी भए ।