काठमाडौं । नेपाली युवा महिला टोलीले साफ यू–१५ महिला च्याम्पियनसिप २०२२ को सुरुवात भुटानविरुद्धको खेलबाट गर्ने भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।
बंगलादेशको ढाकामा नोभेम्बर १ देखि ११ सम्म हुने प्रतियोगितामा नेपालले दोस्रो खेल आयोजक बंगलादेशविरुद्ध खेल्नेछ । तीन टिम सहभागी प्रतियोगिता डबल राउन्ड रोविन लिग प्रणालीमा खेलाइनेछ । लिग चरणको शीर्ष स्थानमा हुने टिमले उपाधि जित्नेछ ।
प्रतियोगिताका नेपालका मुख्य प्रशिक्षक भगवती रानामगरले १० सेप्टेम्बरमा टिमलाई ४० खेलाडीबाट ३० मा झरेकी थिइन् । अहिले बन्द प्रशिक्षणमा ३० खेलाडी छन् । मुख्य प्रशिक्षक भगवतीलाई सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरीले सघाएका छन् ।
बन्द प्रशिक्षणमा रहेका टोली :
गोलकिपर : राधिका ओली, सुजता तामाङ, सानिमाया स्याङ्ताङ, रुपा धिमाल
डिफेन्डर : दीपा मगर, सान्जी थिङ, अञ्जना पुन मगर, विपन स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा, सीता रोकाया
मिडफिल्डर : रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशीला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भूमिका बुढाथोकी, भावना परियार
फरवार्ड : समीक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार, सुक्रिया मिया