काठमाडौं । बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार अन्तिम टोलीको घोषणा गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रकार सम्मेलनबाट हुमागाईले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली घोषणा गरेका हुन् ।
प्रशिक्षक हुमागाईले सुनिल बल चोटका कारण टिममा नपरेको बताएका छन् । हुमागाईले तयार पारेको टोलीमा अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा कप्तानी गरेका नवयुग श्रेष्ठ टोलीमा पर्न योग्य रहेको तर यसपटक पर्न नसकेको जानकारी दिए ।
ऋतिक खड्का र आशिष चौधरीले पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । अल्मुताइरीले बन्द प्रशिक्षणबाट हटाएका खेलाडीहरु भने परेका छन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ
फरवार्ड : विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट, आशिष चौधरी