काठमाडाैं, १३ असार – अखिल नेपाल खेलकुद संघको आयोजनामा संचालित प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता बुधबारबाट शुरु भएको छ।
प्रतियोगिताको पहिलो दिन पुरुष ५६ केजी तौल समूहमा आमीका बाबुराम मगरले उदयपुरका विजय राईलाई, आर्मीकै नरेश देवानले अल्फाका चन्द्रज्योती थापालाई, आर्मीका पुरन सुनुवारले मकवानपुरका सुशन मानन्धरलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन्।
५६ केजीमै रामेछापका फुर्वा शेर्पाले कैलालीका आदर्श पाण्डेलाई र झापाका सुरेन्द्र राईले बाँकेका नवीन घर्तिलाई पराजित गर्दै दोस्रो चरणमा पुगेका छन्।
६० केजी तौल समूहमा आर्मीका दानबहादुर दर्लामीले सुनसरीका मोनिहाङ लिम्बुलाई, बानुजका कर्मा तेन्जिङ गुरुङले बाँकेका विशाल रग्मीलाई, काठमाडौंका सुमन बज्राचार्यले कास्कीका रेक सुब्बा गुरुङलाई हराए। यस्तै मेघदुत क्लबका सलेन शाहीले चितवनका छविराज बोहरालाई अंकको आधारमा हराउँदै दोस्रो चरणमा प्रवेश गरे।
४९ केजी तौल समूहमा टोटल फिटनेशका तेज पुन मगरले बाँकेका सागर थापालाई पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेका हुन्।
प्रतियोगितामा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१ र ९१ माथि १० तौल समूह तथा महिलातर्फ ४८, ५१, ५४, ५७, ६०, ६४, ६९ र ७५ माथि गरी ८ तौल समूह समावेश गरिएको छ।
प्रतियोगितामा विभागीय टोलीहरु आर्मी, पुलिस र एपीएफ लगायत देशभरबाट १९० खेलाडीको सहभागिता रहेको छ। प्रतियोगिता पाँच दिनसम्म संचालन हुनेछ। प्रतियोगिताको उद्घाटन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका थिए।
सन्तोष र एलिशा सम्मानित
अखिल नेपाल खेलकुद सघको आयोजनामा आज राजधानीमा आयोजित प्रकाश दाहाल स्मृति बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा गृहमन्त्री रामबहादुर थापा 'बादल'ले एमएमए खेलाडी सन्तोष साउद क्षेत्री र एलिशा खड्कीलाई सम्मान गरेका छन्।
खेलाडी साउद र खड्कीले गत महिना भारतको दिल्लीमा सम्पन्न अन्तर्रा्ष्ट्रिय मिक्स मार्शलआर्ट्स एचएफसि च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गरेका हुन। सोही अवसरमा माननीय गृहमन्त्री बादलले खेलाडी सधैँ अन्तर्रा्ष्ट्रिय जगतमा सद्भावना दुत रहेको र मुलुकको गरिमा जोगाउन महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन्।