काठमाडौं । घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ । दोस्रो एकदिवसीयमा जीत दर्ता गर्दै नेपालले एक दिवसीय सिरिज १ खेल अगावै आफ्नो पक्षमा पारेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्याले ४६.३ ओभरमा सवै विकेट गुमाएर २१४ रन बनाउँदा नेपाल १६ रनले विजयी भयो ।
केन्याका लागि रकिप पटेलले सर्वाधिक ८१ रनको पारि खेल्दा कोलिन्स ओवियाले ३७ रन जोडेका थिए । यस्तै नेलसन ओडिम्बोले २८ रन जोड्दा जेरार्ड एमवेन्दले २० तथा निहामि ओडिहाम्बो र एनगोचेले समान १२ रन बनाए ।
केन्यालाई रोक्ने क्रममा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सोमपाल कामीले तीन विकेट लिँदा करण केसी र आदिल अन्सारीले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले ९५ बलमा ७ चौकासहित सर्वाधिक ७८ रन बनाए ।
ओपनर देब खनालले ३७ रन बनाउँदा अर्जुन साउदले ५ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन जोडे भने सोमपाल कामीले २६, बासिर अहमदले १७, आदील अन्सारीले १४ र करण केसीले ११ रन बनाए । दीपेन्द्रसिंह ऐरी २ रन बनाएर आउट भए ।
केन्याका कप्तान शेम एनगोचे, भीराज पटेल र एनएन आधियाम्बोले समान २ विकेट लिए । लुकास ओलुओच, राकेप पटेल र जेरार्ड एमवेन्दले एक एक विकेट लिए ।