काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
१३३ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ११४ रन जाड्दा सबै विकेट गुमाएको हो । नेपालकाे लागि आरीफ शेखले सर्वाधिक २५ रन बनाए भने राेहित पाैडेल र आदिल अन्सारीले समान २०/२० रन बनाए ।
ओपनर पवन सर्राफले २६ बलमा ३ चौकाको मद्दतमा १९ रन बटुले । कप्तान सन्दीप लामिछाने ८, करण केसी ६, आसिफ शेख ५, दीपेन्द्र सिंह ऐरी ३ र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए ।
केन्याका रकेप पटेलले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे । यसबाहेक, नेहेमिह ओधिएम्बोले २९, इर्फान करिमले २२ र सचिन भुडियाले १४ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए । यसबाहेक, करण केसीले दुई र पवन सर्राफले एक विकेट लिए । याेसँगै पाँच खेलको टी-२० शृंखला समान एक-एक खेल जित्दै बराबर भएकाे छ ।
अब नेपालले केन्याविरुद्धको तेस्रो खेल आइतबार खेल्नेछ । नेपाल र केन्याबीचको टी-२० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।