एजेन्सी, ७ असार – विश्व फुटबल जगत जति मैदानमा खेलको दाैरानमा देखिन्छ त्यो भन्दा पृथक पनि छ भन्ने कुरा रोनाल्डोको र मेसीसँग सम्बन्धित फरक फरक विषयले बताउँदै आएका छन्।
विश्वकप फुटबल शुरु हुनु भन्दा केही समय अगाडी स्वीडेनका सुपर स्टार फरवार्ड ज्लाटान इब्रोहिमोभिचले मिडियालाई दिएको उत्तरले पनि फुटबल जगतमा पृथक हंगामा सिर्जना गरेको थियो। जस्मा ज्लाटानले विश्वकपका लागि स्वीस टोलीमा आफू नपर्नुको दोष मिडियालार्इ लगाउँदै व्यङ्गात्मक उत्तर दिएका थिए।
विश्व फुटबल जगतका २ महारथी अर्जेन्टाइन फरवार्ड लियोनल मेसी र पोर्चुगिस Ace क्रिस्टियानो रोनाल्डोबीच धेरै कुरामा प्रतिस्पर्धा हुनेगर्छ। यी मध्ये कसलाई उत्कृष्ट भनेर तोक्न सहज नभएपनि आ–आफ्नो तर्फबाट उत्कृष्टताको दाबेदारी प्रस्तुत गर्न दुबै खेलाडी पछि पर्दैनन्। यसै गरि केही दिन यता एकदमै नयाँ विषयमा रोमाञ्चक दाबेदारी तथा व्यङ्ग्य शुरु भएको छ।
केही दिन अघि अमेरिकाको न्यु योर्कको 'Sport Issue' म्याग्जिनले मेसीको फरक शैलीको तस्वीर कभरमा प्रकाशित गरेको थियो। विश्वका धेरै फुटबल समर्थक तथा समालोचकहरुले मेसीलाई Greatest Of All Time अर्थात् GOAT भनेर सम्बोधन गरेका कारण सांकेतिक ढङ्गले उनलाई बाख्रासँग राखेर खिचाएको तस्वीर प्रशासन गरेको थियो।
त्यसको धेरै–थोरै चर्चा फोटो प्रकाशित हुने बित्तिकै चले पनि मेसीका सदाबहार प्रतिस्पर्धी रोनाल्डोले सांकेतिक रुपमा विश्वकप फुटबलका खेलहरुमा गोल गरिसकेपछि आफ्नो दाह्रीकाटेको चिउँडोमा बाख्राको जस्तै दाह्री मुसार्दै सेलिब्रेसन गरेपछि यस्को चर्चा चरम सीमामा पुगेको हो।
क्रिस्टियानो रोनाल्डोले विश्वकपको प्रथम खेलमा युरोपियन पावर हाउस उपनामले परिचित टोली स्पेनविरुद्ध गरेको ह्याट्रिक मध्ये एक गोलको सेलिब्रेसनमा सो हर्कत गरेका थिए। त्यस्तै, मोरक्कोविरुद्धको खेलमा पनि सोही सेलिब्रेसन दोहोर्याएका थिए।
यस अघि व्यवसायि फुटबलम पनि विपक्षीविरुद्ध गोल गरेपछि विपक्षीकै समर्थकका अगाडी गएर जर्सी खोलेर देखाउने सेलिब्रेसनको पनि रोनाल्डोले प्रतिउत्तर त्यसरीनै गरेका थिए।
मेसीको उक्त फोटो सुट पछि रोनाल्डोले आफ्नो शारिरिक हाउभाउमा पनि बाख्राको हाउभाउको नक्कल गर्न थालेका छन्।