एजेन्सी, ७ असार – विश्वकप फुटबल अन्तर्गत अाज हुने दोश्रो खेलमा उपाधि दाबेदार मानिएको १ पटकको विश्व विजेता युरोपियन मुलुक फ्रान्सले पाँचाैं पटक विश्वकप खेलिरहेको अमेरिकी पेरूको सामना गर्दैछ।
नेपाली समय अनुसार राति ८ः४५ बजे रुसको एकातेरिन्बर्ग स्टेडियमा हुने खेलमा विजयी हुन सके फ्रान्स नक अाउट चरणमा पुग्ने छ।
समुह सी अन्तर्गत यस अघिका खेलहरुमा पेरुले डेनमार्कविरुद्ध १–० गोलको झिनो पराजय व्यहोरेको थियो भने, फ्रान्सले अस्ट्रेलियाविरुद्ध २–१ गोलको संघर्षपूर्ण जीत निकालेको थियो।
सन् १९८२ यता प्रथम पटक विश्वकपको छनाैट चरण पार गरेको पेरूले १९७० को संस्करणमा क्वाटर फाइनल सम्मको यात्रा तय गरेको छ। पेरू उक्त क्वाटर फाइनलमा ब्राजिलसँग ४–२ ले पराजित भएको थियो।
३६ वर्ष पछि विश्वकपमा फर्किउको पेरूले अाजको खेलमा पनि पराजित भएको खण्डमा प्रतियोगिताबाट हातु धुनुपर्नेछ। विश्वकप १९९८ संस्करणको विजेता फ्रान्सले त्यसै संस्करण यताका सबै प्रतियोगिताको हिस्सा बन्दै अाएको छ भने, उपाधि दोहोर्याएर जित्न सफल भएको छैन।
विश्वकप फुटबल २००२ संस्करणमा समुह चरणबाटै बाहिरिएको फ्रान्सले २००६ मा फाइनल सम्मको यात्रा तय गरेता पनि इटालीसँग पेनाल्टिमा ५–३ ले पराजित भएपछि उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो। सन् २०१० मा पुन समुह चरणबाटै बाहिरिएको फ्रान्स २०१४ मा क्वाटर फाइनलसम्म पुगेको थियो।
क्षमतावान् युवा खेलाडीहरुको जमात भएको फ्रान्सेली टोलीलार्इ रोक्नु अाज पेरूका लागि प्रमुख चुनाैती रहेको छ। फ्रान्स २०१६ मा अाफैंले अायोजना गरेको युरो कपको उपविजेता पनि हो।
फ्रान्स र पेरूबीच यस अघि १९८२ मा १ पकट मात्र भेट भएको पाइन्छ उक्त खेलको नतिजा १–० ले पेरूको पक्षमा रहेको छ। तुलनात्मक हिसाबले वर्तमान परिप्रेक्षमा फ्रेन्च टिम शक्तिशाली मानिए पनि अाज पेरूविरुद्ध अप्रत्यासित नतिजाको सिकार नहोला भन्न सकिँदैन।