Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Aletqan Nepal Aletqan Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • एपीएफलाई गणेशमान सिंह स्मृति किक बक्सिङको उपाधि
एपीएफलाई गणेशमान सिंह स्मृति किक बक्सिङको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-10-10
Chelsea World School Chelsea World School

काठमाडौं, माघ १०। सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफ पाँच स्वर्णसहित टिम च्याम्पियन बनेको हो ।

च्याम्पियन एपीएफले एक लाख नगद पुरस्कार पायो । ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी तीन स्वर्णसाथ दोश्रो भयो । आर्मीले ५० हजार नगद पुरस्कार हात पार्यो । पुरुषमा आर्मीका राजेश चौधरी तथा महिलामा नेपाल प्रहरी क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । दुबैले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे । राजेशले ६५ केजी तथा रिताले ५५ केजीमा स्वर्ण जितेका थिए । स्वर्णवापत दुबैले छुट्टै जनही ३० हजार नगद पुरस्कार पनि पाए । भाटभटेनीले अनुशासित टिमको उपाधि हात पार्यो भने मार्चपासमा एपीएफ उत्कृष्ट बन्यो ।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको पुरुष ५० केजीमा मेन डोजोका मनोज राना मगर पहिलो भए । फाइनलमा उनले एपीएफका सञ्जय राईलाई पराजित गरे । आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेश्रो भए । पुरुष ५५ केजीमा एपीएफका रोहित चुनारो पहिलो भए । उनले आर्मीका तारा तामाङलाई फाइनलमा हराए । मुवाँथाईका दावा फुन्जो शेर्पा र प्रहरीका राजेन्द्र सिन्जाली मगर तेश्रो भए । पुरुष ६० केजीमा एपीएफका वीरेन्द्र सिंह कोधारीले स्वर्ण जिते । उनले फाइनलमा प्रहरीका मुकेश पण्डितलाई पाखा लगाए । मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तेश्रो बने । पुरुष ६५ केजी फाइनलमा आर्मीका राजेश चौधरीले मुवाँथाईका फुर्देनी शेर्पालाई पन्छ्याउदै शीर्ष स्थान हात पारे । बक्समान्डुका मनीषकुमार भुजेल र प्रहरीका समन धुस्रीले कांस्य जिते । पुरुष ७० केजीमा आर्मीका सनीसिंह सुनवारले बाजी मारे । उनले फाइनलमा भाटभटेनीका सविन दिमहुमलाई निराश पारे । सो क्योकुसिनका प्रदीप तामाङ र एपीएफका रुद्र सरुले तेश्रो स्थानमा चित्त बुझाए । पुरुष खुला तौलसमुहमा रेजका कोशिष श्रेष्ठ च्याम्पियन बने । फाइनलमा कोशिषले एपीएफका भुपेन्द्र शाहको चुनौती समाप्त पारे । सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेश्रो भए ।

महिला ६५ केजीमा एपीएफकी विनिता थापा मगरले फाइनलमा आर्मीकी मन्जु विकलाई पन्छ्याउदै स्वर्ण चुमिन् । एपीएफकी मनीषा राउत र मेन डोजोकी रविना तामाङ तेश्रो स्थानमा रहे । महिला खुला तौलसमूहमा आर्मीकी विन्दु पुन पहिलो भइन् । फाइनलमा विन्दुले एपीएफकी जयन्ती श्रेष्ठलाई पाखा लगाइन् । मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तेश्रो भए । महिला ६० केजीमा एपीएफकी निशा विक पहिलो भइन् । फाइनलमा निशाले मेन डोजोकी सुस्मिता शाहीलाई पराजित गरिन् । मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेश्रो भए । महिला ५० केजीमा एपीएफकी सन्जु माया थिङले स्वर्ण जितिन् । सन्जुले आईकेकेएफकी करिश्मा कार्कीलाई हराइन् । आर्मीका रुविका खड्का र शान्ति थापा मगरले कांस्य हात पारे । महिला ५५ केजीमा प्रहरीकी रिता ठकुल्लले फाइनलमा एपीएफकी विद्या गुरुङमाथि जित हात पार्दै पहिलो भइन् । आर्मीका अनुपमा नेपाली र रिना धमाल संयुक्त रुपमा तेश्रो भए । विजेतालाई पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व सांसद मदनबहादुर अमात्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जन, आयोजक ललितपुर ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा एक सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार प्राप्त गरे ।


प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०८:०१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी आइतबार, साउन १२, २०८२
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध आइतबार, साउन १२, २०८२
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने शनिबार, साउन ११, २०८२
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी शनिबार, साउन ११, २०८२
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण
केदारमानले जिते विश्व स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण बुधबार, साउन ८, २०८२
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ बुधबार, साउन ८, २०८२
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने
विश्व स्ट्रेन्थलिफ्टिङमा सहभागीका लागि केदारमान थाइल्यान्ड जाने सोमबार, असार ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
मधेश युनाईटेडद्वारा नयाँ लोगो सार्वजनिक
मधेश युनाईटेडद्वारा नयाँ लोगो सार्वजनिक खेलकुद मञ्‍च
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ मंसिरमा हुने
राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ मंसिरमा हुने खेलकुद मञ्‍च
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक खेलकुद मञ्‍च
आरआरए क्रिकेट सोमबारदेखि
आरआरए क्रिकेट सोमबारदेखि खेलकुद मञ्‍च
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
नेपाली यु-२० महिला रग्बी टोली घोषणा
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
विश्व स्काइ रनिङ नेपालमा गर्न प्रस्ताव
एभरेष्ट म्याराथन एम्समा आवद्ध
एभरेष्ट म्याराथन एम्समा आवद्ध
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित
तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आरआरए क्रिकेट सोमबारदेखि
आरआरए क्रिकेट सोमबारदेखि शनिबार, साउन २५, २०८२
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक
अस्ट्रेलियामा हुने चार वटा विश्व वरीयता तेक्वान्दोको निर्णायकमा अशोक शनिबार, साउन २५, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्