काठमाडौं, कात्तिक १७ । सीबीसीका सयुश श्रेष्ठ, मेघदूतका यमन महर्जन र मकवानपुरका निश्चल बिष्टले प्रथम यु–१९ राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा आइतबार जित हात पारेका छन् । नेपाल बक्सिङ संघको प्राविधिक सहयोग तथा ललितपुर जिल्ला बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ७५ केजीमा सयुशले दाङका गणेश विक, यमनले पोखराका उत्सव गिरी र निश्चलले बोसीगाउँका साया महर्जनलाई पराजित गरे ।
पुरुष ६० केजीमा बानुज बक्सिङ क्लबका शिरिश महर्जनले झापाका समिर गुरुङ, पाटनका रायन महर्जनले बक्समान्डुका फुर्वा तामाङ, दाङका अनिलकुमार पुन मगरले अल्टिमेटका कृष्ण सेवा, कञ्चनपुरका नवीन जागरीले बौद्धका समिर मोक्तान, पाल्पाका विशाल घर्ती मगरले उदयपुरका सन्जोक लामा, कैलालीका निर्मल सुवेदीले सुनसरीका सुजन लिम्बू, बीएफसीका अमन अलीले कास्कीका विमल परियार र बाँकेका इन्द्रबहादुर सुनुवारले पोखराका रोनिश सरुलाई हराए ।
पुरुष ६४ केजीमा बाजुराका हिमाल खड्काले पोखराका निसल गुरुङ, कैलालीका सम्राट चौधरीले नक्सालका अर्जुन भट्ट, थानकोटका मनीष श्रेष्ठले सुर्खेतका प्रकाश नेपाली, गुल्मीका टोपबहादुर कलाले सुनसरीका रिकेश लिम्बू, कास्कीका रामबहादुर गरन्जाले मकवानपुरका अनिश अधिकारी, झापाका तोविन प्रधानले पाल्पाका नारायण पछ्मैया र बीएफसीका मार्सल गुरुङले अल्फाका आकाश डाँगीलाई पाखा लगाए ।
पुरुष ५६ केजीमा बौद्धका सोनाम शेर्पाले दमकका पेमा नुरुी शेर्पा, मकवानपुरका सुजन थिङले टीकाथलीका अनुज कार्की, पोखराका जिनेश गुरुङले बीएफसीका अरुज लामा, कञ्चनपुरका जीवन चन्दले सुनसरीका सञ्जय राई र दाङका पवन विकले झापाका भुगोल लिम्बूलाई पन्छाए ।