काठमाडाैं, १९ जेठ – भारतको सिलोङमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा नेपालले जितेका हरेक पदकका आफ्नै महत्व र विशेषताहरु थिए। यी हरेक पदकसँगै नेपाली खेलकुदमा पाच दर्जन भन्दा बढी सफलताका कथा लेखिएका थिए। यी भिन्न सफलताका कथासँगै टेबलटेनिस स्टार नबीता श्रेष्ठले एलीना मर्हजनसंग मिलेर जितेको महिला युगलको काश्य पदकको आफ्नै महत्व छ।
डल्लुमा जन्मेकी हुर्केकी नबीता सक्रिय भएर टेबल टेनिस खेल्न थालेको १५ बर्ष भयो। बिजेश्वरी स्कुलमा आठ कक्षामा पढ्दा पढ्दै यो खेलमा लागेकी थिइन्। उनीआठ कक्षामा पढ्दै थिइन्। त्यसै समयमा उनको विद्यालय विजेश्वरीमा प्रशिक्षक रहेका राकेश मर्हजनको सल्लाहमा तेक्वान्दोकी रेडब्ल्याक नबीता टेबलटेनिस खेल्न थालेकी थिइन्।
टेबलटेनिस दुनियमा प्रबेश गरेको छोटो समयमा नै उनको जिवनमा सफलताका आयामहरु थपीन थाले। वि.स. २०६१ मा पोखरामा भएको ३१औं राष्ट्रिय च्याम्पियनसीपमा क्वार्टरफाइनलमा प्रवेश गरेकी नबीता सन् २००६ मा कोलकाता, सन् २००८मा कराची र सन् २००९ मा जयपुरमा भएको दक्षिण एसियाली जुनियर च्याम्पियनसीपमा काश्य पदक जित्न सफल भएकी थिइन्।
९ बर्ष पछि सीनीयर स्पर्धामा समेत पदक जित्न सफल भएकी नबीताले यस विचमा थुप्रै आरोह अबरोहको सामना गर्नु पर्यो। जुनियर तहमा छाइरहेकी नबीता काठमाडौमा भएकी पाचौ राष्ट्रिय खेलकुद नबीता जुनियर प्रतियोगिता छाडेर सीनीयरमा पहिलो फड्को मारिन्। त्यसै प्रतियोगितामा उनी सेमिफाइनलमा रिता प्रजापतीसंग पराजित भएकी थिइन्।
त्यस पछि फड्को मारेकी नबीताले ढाकामा भएको ११औं दक्षिण एसियाली खेलकुदको छनोटको क्रममा भएको तीन चरणको छनोटमा तीनवटैमा पहिलो स्थान पाएकी थिइन्। विराटनगरमा भएको ३३औं राष्ट्रिय च्याम्पियनसीपमा सफलता पाए पछि नबीताले लगातार पाच पटक उपाधिलाई सुरक्षित गरेकी हुन्।
पहिलो पटक स्वेच्छा नेम्बाङलाई हराउदै उपाधि जितेकी उनले वि.स २०६८ मा महेन्द्रनगरमा भएको च्याम्पियनसीपमा रेनुका खत्री, वि.स २०६९ मा धनगढीमा रबीना देसार महेन्द्रनगरमा भएको च्याम्पियनसीपमा रेनुका खत्री, महिला युगलमा रेनुका खत्रीसँग मिलेर पहिलो पटकयो सफलता पाएकी उनले स्वेच्छा नेम्बाङसँग मिलेर दुइ पटक उपाधि हात पारेकी हुन्।
यसैगरी, एक पटक उनले एलीना मर्हजनसँग मिलेर महिला युगलको उपाधि जितेकी छिन्। लगातार सात वर्ष नेपाली टेबलटेनिसमा जमाएको यो प्रभाव पछि जापान, चीन,फ्रान्स र मलेसियामा भएको बिश्व च्याम्पियनसीपमा सहभागिता जनाइन्, नतीजा मिश्रीत रहेको छ, सबै प्रतियोगितामा।
टिममा होस या एकलमा उस्तै प्रदर्शन रहेकी यी स्टार विश्व बरियतामा ४३६ औं स्थानमा रहनुलाई आम खेल विश्लेषकले सफलताको रुपमा लीएका छन्। नेपाल राष्ट्रिय तथा तथा अन्तराष्ट्रिय खेलाडी संघले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी पुरस्कर पाएकी यीनी नेपाल खलकुद पत्रकार मञ्चले प्रदान गर्ने अवार्डमा फिमेल प्लेयर अफ द इयरको मनोनयनमा समेत परेकी थिइन्।
साथै उनी पिपुल्स च्वाइस अवार्ड पाउन पनि सफल भईन्। यो सफलताको कथामा साथ दिने परिवार, प्रशिक्षक, विबेश गरेर अहिले अमेरिकामा रहेका सूशील पौडेल, टोलीका अन्य खेलाडी र समर्थक सबैप्रति उनी आभारी छिन्। ११ वर्ष अघि टेबल टेनिसमा प्रवेश गर्दा बिजेश्वरी स्कुलका टेबलटेनिस प्रशिक्षक राकेश मर्हजनको भुमिका उनको जिन्दगीमा प्रमुख थियो।
अहिले राकेश उनका जिन्दगीका सहयात्री बनेका छन्। अनी ११ बर्ष अघि झै नबीताको टेबलटेनिस जिन्दगीको अभिभावक पनि। सम्भवतः नबीताको जिन्दगीको यो नै सबैभन्दा प्रमुख पाटो हो। खेल जिन्दगी र पारिवारिक जिन्दगीमा समय व्यवस्थापन देखि यावत व्यवस्थापन समस्या पर्दैन। यी सबैमा राकेश आफैँ अग्रसर हुन्छन्।
नेपाल पुलिस क्लबमा कप्तानको भुमिका समेत सम्हालेका तथा राष्ट्रिय स्तरको प्रतियोगितामा राम्रो छाप छाडेका राकेश र नबीता दुवैको टेबल टेनिस प्रतिको समपर्ण बराबर नै छ। यसै समपर्णको कारण दक्षिण एसियाली खेलकुदमा नबीता र एलीना मर्हजनको नन्द भाउज्युको जोडी पदक जित्न सफल भएको थियो।
राकेशकै अर्की बहिनी एरिका मर्हजन पनि टेबल टेनिसकी परिचित खेलाडी हुन्। नेपाल टेबल टेनिसमा समर्पीत यो परिवारको एउटै लक्ष्य रहेको छ। आगामी दिनमा एउटा राम्रो एकेडेमी खोल्ने। व्यवस्थापन संकायमा स्नातोकोत्तरकी विद्यार्थी नबीतामा खेलको प्राविधिक विषयका साथै व्यवस्थापकीय कुराको पनि त्यत्तिकै ज्ञान छ।
आफू खेलाडी हुँदा वैज्ञानीक प्रशिक्षण पाएको भए अझ राम्रो गर्ने उनको मत छ। तर, आगामी पुस्तालाई राम्रो प्रशिक्षण दिएर नेपाली टेबलटेनिसमा एउटा नया आयाम थप्ने उनको योजना पूर्ण र सार्थक हुने अनुमान टेबलटेनिस बृत्तमा धेरैको छ नै। उनले पुष्टि पनि गरिसकेकी छिन्, उनले नै टेबल टेनिस सिकाएर स्यान्टु श्रेष्ठ जुनियर च्याम्पियन भइसकिन्। २७ बर्षे उमेरमै नबीतामा एउटा परिपक्वता देखिएको छ। खेल प्रतिको समपर्ण छ।
यसै समपर्णको कारण उनी लामो समय नेपाली टेबलटेनिसकी स्टारको रुपमा छाइन्। प्रशिक्षकको रुपमा उनको दक्षता पुष्टि भयो। व्यवस्थापन सोच र दृष्टकोण छ। समपर्ण भाव छ। यसै कारण उनी नेपाली टेबल टेनिसमा नया आयाप थप्न सक्ने व्यक्तित्वको रुपमा देखिएकी छिन्। उनको यो अभियानमा त्यत्तिकै प्रतिवद्ध छन्, उनको व्यक्तिगत जिन्दगीका सहयात्री तथा टेबलटेनिस जिवनका अभिभावक राकेश मर्हजन।
यस्तै, यसै वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा पनि ब्याडमिन्टनकी टेबलटेनिसकी नबीता श्रेष्ठ परेकी छिन्।
नबीता श्रेष्ठले टेबल टेनिसमा ७ वटा राष्ट्रय पदक जितिसकेकी छिन्। सुरुमा कक्षा ८ मा अध्यन गर्दा तेक्वान्डो खेल्ने गरेकी उनको मन कक्षा ९ मा पुग्दा भने टेबल टेनिस तर्फ आकर्षित भएको बताउँछिन्।
बाबाको इच्छा तेक्वान्डो खेलाडी बनाउने भए पनि आफुले पछि टेबल टेनिस रोजेकोले परिवामा केही असन्तुस्टी भए पनि पछि–पछि सबै खुसी भएको हुनी बताउँछिन्। टुनामेन्टदेखि वर्ल्ड च्याम्पियनसिपसमेत खेलीसकेकी नबीताले जर्मनबाट एमबीए गरेकी हुन्।
‘महिलाले जहिले पनि आफु महिला हुँ भन्ने कुरालाई नभई पहिला आफ्नो सपना के हो त्यसको विषयमा सोच्नु पर्छ अनि मात्र हामी केही बन्न सक्छौँ,’ श्रेष्ठ भन्छिन्।
२०७४ फागुन २४ गते अर्थात् १ सय ८ औं अन्तराष्ट्रिय नारी दिवसमा पनि उनी सम्मानित भएकी थिइन्।