Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • राखेपद्वारा पहिलो ओलम्पिक पदक विजेता पलेशाको भव्य स्वागत
राखेपद्वारा पहिलो ओलम्पिक पदक विजेता पलेशाको भव्य स्वागत
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, भदौ २०, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेरिस पारालिम्पिक-२०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बुधबार भव्य स्वागत गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब ८ बजे अवतरण गरेको पलेशासहितको पारा तेक्वान्दो टोलीलाई राखेपका अध्यक्ष, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य, नेपाल तेक्वान्दो संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारी, आफन्त, एपीएफको ब्यान्ड टोली, पञ्चे बाजा, शुभचिन्तकलगायतले भब्य स्वागत गरेका थिए ।

विमानस्थलमा टोलीलाई स्वागत गर्दा तेक्वान्दो खेलाडीको बाक्लो उपस्थिति रहेको थियो । स्वागतपछि पलेशासहित अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठको टोलीलाई नगरपरिक्रमा गराइएको थियो । विमानस्थलबाट सुरु भएको नगर परिक्रमा गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, पलेशाको गृह क्षेत्र बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै त्रिपुरेश्वरस्थित राखेपको प्राङ्गण आएर कार्यक्रममा परिणत भएको थियो । नगर परिक्रमाको अग्र भागमा प्रहरीको स्कटिङ टोली, एपीएफको ब्यान्ड टोली, फोटो पत्रकार र क्यामराम्यानका लागि छुट्टाइएको सवारी साधन र त्यसपछि पारा तेक्वान्दो टोलीका लागि व्यवस्था गरिएको सवारी साधन थियो । ट्राफिक व्यवस्थापन चुस्त थियो ।

पारा तेक्वान्दो टोली सवार सवारी साधनमा खेलकुद मन्त्री चौधरी, सदस्य-सचिव घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ थिए । खेलकुदमन्त्री चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शीर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नु पर्ने बताए । उनले खेल संघलाई खेल विकासमा ध्यान दिन आग्रह गर्दै एकतवाद्ध भएर काम गर्न सके खेलकुदले देशलाई धेरै दिन सक्ने विश्वास व्यक्त गरे ।

सदस्य-सचिव घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न पलेशा, प्रशिक्षक कविराज नेगी लामा, नेपाल तेक्वान्दो संघ, पलेशाका परिवारलगायतको धेरै संघर्ष रहेको धारणा व्यक्त गरे । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको बताउँदै पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानुन नै निर्माण गरेको र सो अनुरूपमा पुरस्कारका लागि राखेपको कार्यकारी समितिले निर्णय गरी सिफारिस गरिसकेको जानकारी गराए ।

उनले अहिले पलेशा र एरिका गुरुङ (एसियाली खेलकुदकी रजत पदक विजेता)लाई युवाहरूका हिरोको रूपमा चर्चा गरे । उनीहरूजस्ता हिरोहरू जन्माउने खेल र प्रशिक्षकप्रति उनले आभार व्यक्त गरे । सदस्य-सचिव घिसिङले अब मिसन २०२६ मा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित अहिले नै आगामी एसियाली खेलकुदका लागि तयारी सुरु भैसकेको बताए । उनले पलेशाले ओलम्पिकमा पदकको खाता खोलेको बताउदै यो खातामा पदक थप्न कैयन् खेलाडी लागि पर्ने विश्वास व्यक्त गरे ।

प्रशिक्षक लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्न सक्छ भन्ने प्रमाणित भएको बताए । प्रशिक्षक लामाले स्वर्ण जित्ने लक्ष्यसहित गए पनि सुरुमा समालिन नसक्दा पूरा नभएको उल्लेख गरेका छन् । यद्यपि, यसपल्ट रिपाचेजमा कांस्य पदक जित्ने अवसर नगुमाउने रणनीतिसहित खेल्दा सफल भएको उनको भनाइ छ । प्रशिक्षक लामाले पलेशाको अथक मिहिनत र परिवारको साथबाट पनि यो पदक सम्भव भएको बताए । उनले मिहिनत गर्यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताए ।

पलेशाले न्यानो स्वागतका लागि धन्यवाद दिदैँ आफूले पदक जित्छ भन्ने सबैको भरोसालाई कायम राख्दै सफल भएकोमा खुशी व्यक्त गरिन् । पलेशाले आफूले जितेको पदक आफ्नो मात्र नभइ सिंगो राष्ट्र र सम्पूर्ण नेपालीको भएको बताइन् । पलेशाले आफैलाई विश्वास गर्नु नै जितको सबैभन्दा ठूलो हतियार भएको बताउँदै आफूले आफैलाई विश्वास नगर्ने हो भने कहिले पनि सफलता हात पार्न नसकिने धारणा व्यक्त गरिन् ।

नेपाल पारालिम्पिक कमिटिका कार्यवाहक अध्यक्ष केदारबाबु सिवाकोटी र नेपाल तेक्वान्दो संघका प्रवक्ता सामराज्यविक्रम पाण्डेले नेपाललाई अमूल्य पदक दिलाएकोमा पलेशासहित सम्पूर्ण टिमलाई बधाइ दिए ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा अगष्ट ३० तारिखमा भएको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाएकी थिइन् । पलेशाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । कुनैपनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन् ।

नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो । पेरिस पारालिम्पिकमा पलेशा, भरतसहित पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गरेका थिए । के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि प्रतिस्पर्धा गरेका भरत पहिलो चरणमै जापानका खेलाडीसंग पराजित भए । भीम एस-९ क्याटगोरीअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा हित चरणबाटै बाहिरिए ।


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:२३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
Navodit College Navodit College
ताजा समाचार
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने खेलकुद मञ्‍च
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्