Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • टाइगरकप भलिबलमा पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफ च्याम्पियन
टाइगरकप भलिबलमा पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफ च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-10-14
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । पोखरामा सम्पन्न तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ को पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ एपिएफ क्लब च्याम्पियन बनेका छन् ।

पोखरा रंगशालामा शनिबार पुरुषतर्फ फाइनलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै घरेलु टोली गण्डकीले उपाधि जितेको हो । गण्डकीले पहिलो सेट २५–१६ ले एपीएफलाई सुम्पिएको थियो ।

दोस्रो र तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः २५-१८ र २५-१९ ले खेल आफ्नो पक्षमा पार्न गण्डकी सफल भयो । तर चौथो सेट गण्डकीले अग्रता जोगाउन नसक्दा २८-२६ ले एपिएफलाई बुझायो । निर्णायक सेटको खेलमा गण्डकीले एपीएफलाई १५-८ ले जितेर गण्डकी च्याम्पियन बनेको हो ।

यो संगै गण्डकीले दोश्रो पटक उपाधि उचालेको हो । च्याम्पियन गण्डकीले ५ लाख नगदसहित ट्रफी पुरस्कार पाउन सफल भयो । उपविजेता एपीएफले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ । एपिएफले पाँच खेलसम्म अपराजित रहेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ विभागिय टोली नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । साविक विजेता समेत रहेको आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पायो । आर्मीले चौथो स्थान हासिल गर्दै ६५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

यता, महिलातर्फको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरी साविक विजेता एपीएफले लगातार दोस्रोपटक उपाधि जित्यो । पहिलो सेट २५-२० ले जितेको एपीएफले दोस्रो सेट आर्मीलाई २५-२२ ले सुम्पियो । तेस्रो सेटमा २५-८ ले खेल आफ्नो पक्षमा पारेको एपीएफले चौथो सेट २५-२२ अंकले जित्दै च्याम्पियन बनेको हो । च्याम्पियन एपीएफले ५ लाख नगदसहित ट्रफी पुरस्कार पाउन सफल भयो । उपविजेता आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ ।

महिलातर्फ होङवान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । न्यु डायमन्डले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पायो । गण्डकीले चौथो स्थान हासिल गर्दै ६५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा पुरुषतर्फ रवि र महिलातर्फ सरस्वती सर्वाेत्कृष्ट

प्रतियोगितामा पुरुषतर्फ गण्डकीका रवि केसी र महिलातर्फ एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही २५/२५ हजार र ट्रफी पुरस्कार प्राप्त गरे । यस्तै, प्रत्येक विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपौयाँ तथा ट्रफी प्राप्त गरेका छन् ।

उत्कृष्ट पाँच विधामा महिलातर्फ उत्कृष्ट सेटर न्यु डायमन्डका प्रगतिनाथ, सर्भर गण्डकीका अरुणा शाही, ब्लकर आर्मीका संगम महतो, लिब्रो आर्मीका सरस्वती जैसी, स्पाइकर एपीएफका निरुता ठगुन्ना र प्रशिक्षक एपीएफका महेश चौधरी घोषित भए । पुरुषतर्फ उत्कृष्ट सेटर गण्डकीका विवश आले, लिब्रो एपीएफका विनोद चन्द, सर्भर गण्डकीका घनश्याम चौधरी, स्पाइकर एपीएफका टेकराज वस्ती, ब्लकर गण्डकीका नितिश र प्रशिक्षक गण्डकीका रमेश केसी घोषित भए ।

विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशका सांसदद्वय लिला बहादुर थापा, प्रकाश बराल लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण  शर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा राखेपका सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, संस्थाका सचिव डिवी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ८ गतेबाट शुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  २३:०१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा बुधबार, वैशाख २, २०८३
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी मंगलबार, वैशाख १, २०८३
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै आइतबार, चैत २९, २०८२
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन आइतबार, चैत २९, २०८२
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि आइतबार, चैत २९, २०८२
हक्कीको राष्ट्रिय टिम घोषणा
हक्कीको राष्ट्रिय टिम घोषणा शनिबार, चैत २८, २०८२
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने
एरिकाले कराते वान प्रिमियर लिग खेल्ने मंगलबार, चैत २४, २०८२
Navodit College Navodit College
ताजा समाचार
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा खेलकुद मञ्‍च
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा खेलकुद मञ्‍च
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी खेलकुद मञ्‍च
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै खेलकुद मञ्‍च
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
हक्कीको राष्ट्रिय टिम घोषणा
हक्कीको राष्ट्रिय टिम घोषणा
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
उसुका विजय र सुस्मिताले विश्वकप खेल्दै
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
गोल्डेनगेटलाई एचजेएनबीएलको उपाधि
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय करातेमा पुलिस च्याम्पियन
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी मंगलबार, वैशाख १, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्