काठमाडौं । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदकसहित कुल १२८ पदक हात पारिसकेको छ ।
दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्य पदक सहित ६५ पदक जितेको छ । अर्को विभागीय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ कास्य पदकसहित कुल ७४ पदक जितिसकेको छ ।
यसैगरी वागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक हात पारेको छ । गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदक सहित ३८ पदक जितेको छ ।
एनआरएनएले ६ स्वर्ण, ६ रजत, ४ कास्य सहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत, २१ कास्य सहित ३२ पदक, मधेश प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्य सहित १२ पदक, सुदूर पश्चिम प्रदेशले २ स्वर्ण, १ रजत, ११ कास्य सहित १४ पदक, लुम्बिनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्य सहित २२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, २ कास्य पदक सहित ४ पदक हात पारेको छ ।