काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष बास्केटबल तर्फ सोमबार खेलहरु सम्पन्न भएका छन् ।
पोखरा रगंशालामा सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई पराजित गरको हो । आर्मी र पुलिस क्लबबिच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो ।
खेलको पहिलो सेटमा २६–२९ स्कोर र दोस्रो , तेस्रो, चौथोमा क्रमशः ३३–१९, २७–१३, २०–२१ अङ्क ल्याएको थियो । आर्मीलाई जिताउन आयुश सिङ जर्सी न ४ ले सर्वाधिक ३२ अकं ल्याएका थिए ।
त्यस्तै समुह ‘ए’ तर्फको दोस्रोे खेलमा बागमतीले प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अङ्क जोडेका थिए । समुह बि तर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई पराजित गरेको छ । घरेलु टोली गण्डकीले मधेशलाई १०९–३६ स्कोरले पराजित गरेको छ । गण्डकीलाई जिताउन बिकाश गुरुङले सर्वाधिक स्कोर १५ पोइन्ट जोडेका थिए ।
त्यस्तै दोस्रो खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले कर्णालीलाई १०८–४९ स्कोरले जितेको छ । एपिएफका सदिश प्रधानले २० अकं जोडेका थिए । समुह ए अन्तर्गत खेलको अकं तालिकामा त्रिभुवन आर्मी क्लब ८ अकंका साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल पुलिस र बागमती प्रदेश समना ५, ५ अकंका साथ दोस्रो स्थानमा छन । त्यस्तै प्रदेश १ र लुम्विनीको सामान ३, ३ अकंका साथ समुहको पुच्छारमा रहेका छन ।
समुह बि अन्तर्गत खेलको अकं तालिकामा एपिएफ ६ अकंका साथ शिर्ष स्थानमा छ भने कर्णाली र र गण्डकी समान ५, ५ अकंका साथ दोस्रो स्थानमा छन् । सुदुरपश्चिम प्रदेशल र मधेश प्रदेशले समान ४, ४ अकं ल्याएका छन् ।
सोमबार नै सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ‘ए’तर्फ एपिएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गरेको हो । दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–७ स्कोरले पराजित गरेको छ ।
त्यस्तै सोमबार नै सम्पन्न समुह ‘बि’ तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ स्कोरले पराजित गरेको हो । त्यसैगरी दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको हो ।
‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ए तर्फ भोलि कार्तिक १ गते हुने खेलहरुमा लुम्बिनी र प्रदेश १ भिड्दैछन् भने नेपाल पुलिस र बागमती प्रदेशबीच दास्रो खेल हुँदैछ । त्यस्तै समुह बि तर्फ सुदुर पश्चिम प्रदेश र एपिएफ छन् भने दोस्रो खेलमा गण्डकी र कर्णाली प्रदेश भिड्दैछन् ।
‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ए मा त्रिभुवन आमी क्लव र नेपाल पुलिसबीच खेल हुँदैछ भने दोस्रो खेलमा प्रदेश १ र मधेश प्रदेश भिड्दैछन् । त्यस्तै समुह बि तर्फ सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश दोस्रो खेलमा लुम्विनी र कर्णालीबीच प्रतियोगिता हुने खेल तालिका रहेको छ ।