काठमाडौं । गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय प्रतियोगिता अन्तरगतको महिला २०–२० क्रिकेटमा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेसले गण्डीकी प्रदेशलाई ४० रनले पराजित गर्दै समूह ए मा महत्वपूर्ण २ अंक जोड्न सफल भएको छ ।
उद्घाटन खेलमाटस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको मधेसले निर्धारित २० ओभरमा आठ विकेटको क्षतीमा ७७ रन जोेडेको थियो । मधेसका लागि शान्ति चौधरीले सर्वाधिक १५ रन जोडिन् । नटआउट उनले २७ बलको सामना गर्दै उक्त रन जोडेकी थिईन् । यस्तै साना प्रविनले १४ बलको सामना गर्दै १ चौकाको मद्धतले १४ रन र अलिशा यादवले २२ बलमा एक चौकको मद्धतले १४ रननै जोड्न सफल भईन् ।
यस्तै अन्य खेलाडीहरुमा रोजी कडारी ९, सरस्वती कुमारी र सन्तोषी चौधरीले समान ८ रन र गोमा आलेले १ रन जोडिन् । गण्डकीका लागि आकृती तिवारीले ३ विकेट, कुसुम गोदारले २ विकेट, श्रृष्टी जैशी र शिला क्षत्रीले समान १ विकेट लिए ।
७८ रनको लक्ष लिएर मैदान प्रवेश गरेको गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमा समेटिन पुग्यो । शिला क्षत्रीले टिमका लागि १० रन जोड्नु बाहेक अरु खेलाडीले दोहोरा अंक जोड्न सकेनन् । श्रृजना पौडेल ७ रन, कप्तान जोत्स्निका मरासिनी ५, कप्तान श्रृष्टी जैशीले ३ रन, अन्जली बिश्वकर्मा र सिमाना के.सी.ले समान २ रन जोडे ।
मधेसकी ओमेन अफ दि म्याच अनुराधा चौधरीले ४ ओभर बलिङ्ग गर्दै १ मेडनका साथ ८ रन दिंदै ४ विकेट लिईन् । यस्तै कविता गौतम र शान्ति चौधरीले समान २ विकेट र सन्तोषी चौधरीले १ विकेट लिन सफल भए ।