काठमाडौं । नेपाल भलिबल संघको केन्द्रिय अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । बुधबार भएको संघको नवौं चुनावी साधारण सभाबाट चन्द नेतृत्वको समूह निर्वाचित भएको हो ।
चन्दले अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष निरोज मास्केलाई २६ मतले पराजित गरे । चन्दले ७६ मत पाउँदा मास्केले ५० मत मात्रै प्राप्त गरिन् । संघमा रहेको १ सय ३३ मत मध्य निवार्चनमा कुल १ सय २८ मत खसेको थियो ।
महासचिवतर्फ पनि चन्द समूहकै रोशन कुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत पाए भने प्रतिस्पर्धी मनवीर छन्त्यालले ३९ मत प्राप्त गरे । कोषाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ७८ मत प्राप्त गरे भने रिता कोईरालाले ४६ मत प्राप्त गरिन् ।
संघको बागमती प्रदेशबाट उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा गौतम लासिभा निर्वाचित भए । याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) निर्विरोध निर्वाचित भए ।
उपाध्यक्षमा निर्विरोध भएको भनिएका भरत बहादुर शाह कर्णालीको नभएका कारण उनको उम्मेदवारी अन्तिम समयमा बदर भएको थियो । उपाध्यक्ष (कर्णाली) पद हाललाई रिक्त रहको बताइएको छ ।
सचिवमा सोम बहादुर श्रेष्ठ (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली बागमती प्रदेशबाट निर्विरोध निर्वाचित भए । सचिव पदमा लुम्बिनी प्रदेशतर्फ भएको निर्वाचनमा झक बहादुर मिदुन तथा प्रदेश १ सचिवतर्फ विनोद सुवेदी निर्वाचित भए ।
सदस्यमा अन्जु श्रेष्ठ ८५, चन्द्र वदना राई ७५, राज कुमार गुरुङ ७३, जुनु पुन मगर ७३, जितेन्द्र श्रेष्ठ ६९, गंगा थापा श्रेष्ठ ६८, कुमार राई ६७, राज बहादुर खड्का ५९, दीपक लामा ५८, प्रविण श्रेष्ठ ५६ र दिनेश श्रेष्ठ ५२ मतका साथ निर्वाचित भए । संघमा दुई उपाध्यक्ष र १० जना सदस्य मनोनयनबाट आउनेछन् ।