काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
टिमका मुख्य प्रशिक्षक कुमार थापाले घरेलु मैदानमा हुने प्रतियोगिताको लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । जसमा रेखाले पुनरामगन गर्दा तीन खेलाडी पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।
समिक्षा घिमिरे, देपा शाही र अमिसा कार्की पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् । प्रतियोगिताका लागि समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् ।
यस्तै, साविक विजेता भारतसँगै बंगलादेश र पाकिस्तान समूह ‘ए’ मा छन् । भदौ २१ गतेदेखि हुने प्रतियोगिताको पहिलो दिन नेपालले भुटानसंग खेल्नेछ । यस्तै, २७ गते नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ ।
नेपाली टिमः
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ
खेल तालिका: