काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहराइनमा हुने यू–२० एसिया कप छनोटका लागि प्रारम्भिक चरणमा २५ सदस्यीय टोली घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक मेघराज केसीले बुधबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रतियोगिताका लागि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ ।
२५ सदस्यीय टोलीमा अघिल्लो महिना भारतमा भएको साफ यू–२० च्याम्पियनसिपको टोलीमा रहेका केही खेलाडी बाहिरिदा केही नयाँ खेलाडीले मौका पाएका छन् ।
सेप्टेम्बर १० देखि १८ सम्म हुने छनोटमा नेपालले कतार, बहराइन, बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले १० सेप्टेम्बरमा भुटानसँग खेल्दै यू–२० एसियन कप छनोटको सुरुवात गर्नेछ । त्यसपछि नेपालले १२ सेप्टेम्बरमा कतार, १४ सेप्टेम्बरमा बहराइन र १८ सेप्टेम्बरमा बंगलादेशसँग खेल्ने तालिका छ ।
२५ सदस्यीय प्रारम्भिक टोली :
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख, टोपबहादुर राना
डिफेन्डर : अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइबा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल, राज ठोकर
मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मेजय धामी, कृतिश रत्न छञ्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा, सञ्जीव लामा
फरवार्ड : निरञ्जन मल्ल, रोहन खड्गी