काठमाडौं । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोली केन्या प्रस्थान गरेको छ । पाँच ट्वान्टी-२० र ३ एक दिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान)ले बिदाई गरेको हो ।
राजधानीमा सोमबार एक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह र केन्द्रिय सदस्य दुर्गाराज पाठक लगायतले बिदाई गर्नुभएको हो ।
५ खेलको ट्वान्टी-२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुने छ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म आयोजना हुने तालिका रहेको छ ।
दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । केन्या भ्रमण नयाँ खेलाडी र पुनरागमन गरेका खेलाडीका लागि महत्वपूर्ण रहेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताउनुभयो ।
प्रशिक्षक प्रभाकरको प्रशिक्षणमा खेलमा नयाँपन आएको भन्दै सबै खेलाडी नयाँ शैलीको खेलका लागि उत्साही भएको लामिछानेले बताउनुभयो । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।
वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि.सी. हरि शंकर शाह ।
केन्या र नेपालबीचको खेल तालिका:
पहिलो टि२० आई खेल – भदौ ९ (अगष्ट २५) बिहान ११:४५ बजे
दोस्रो टि२० आई खेल – भदौ १० (अगष्ट २६) बिहान ११:४५ बजे
तेस्रो टि२० आई खेल – भदौं १२ (अगष्ट २८) बिहान ११:४५ बजे
चौथो टि२० आई खेल – भदौं १३ ( अगष्ट २९) बिहान ११:४५ बजे
पाँचौं टि२० आई खेल – भदौं १४ (अगष्ट ३०) बिहान ११:४५ बजे
तीन एकदिवसिय अभ्यास खेल:
पहिलो खेल – भदौ १७ (सप्टेम्बर २) बिहान ११:४५ बजे
दोस्रो खेल – भदौ १८ (सप्टेम्बर ३) बिहान ११:४५ बजे
तेस्रो खेल – भदौ २० (सप्टेम्बर ५) बिहान ११:४५ बजे