काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदिप हुमागाई नेपाल आईपुगेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेपछि अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई नेपाल आएका हुन् ।
बुधबार एन्फा कम्प्लेक्समा महासचिव किरण राईले प्रशिक्षक हुमागाईलाई स्वागत गरेका हुन् । हुमागाईलाई एन्फा कार्यसमितिको दोस्रो बैठकले असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो ।
हुमगाईले बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवादको विषय नसुल्झिएको अवस्थामा हुमागाईलाई एन्फाले एक खेलका लागि प्रशिक्षकको जिम्मेवारी दिएको हो । हुमागाईं नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीका पनि मुख्य प्रशिक्षक हुन् ।
कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईको सिफारिसमा एन्फाले आइतबार ४० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको थियो । छनोटमा युवा र अनुभवी खेलाडीलाई समेटिएको छ ।
बन्द प्रशिक्षणमा बोलाईका ४० खेलाडी:
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास