काठमाडौं । नेपाल हुने महिला साफ फुटबलको मुल आयोजक कमिटीले प्रतियोगिताका लागि विभिन्न उपसमिति गठन गरेको छ । एन्फाले मंगलबार महिला साफका लगि विभिन्न आठ कमिटिहरु गठन गर्नुका साथै त्यसको संयोजक पनि तोकेको छ ।
जसमा हस्पिटालिटी समितिको संयोजकमा मनीष जोशी, स्वास्थ समितिको संयोजकमा रमेश व्यञ्जनकार, होटल तथा यातायात समितिमा पुरुषोत्तम थापा, प्राविधिक समितिको संयोजकमा कृष्ण थापा रहेका छन् ।
त्यस्तै बुद्धि गुरुङलाई रेफ्री संवन्वय समिति, विकास नारायण श्रेष्ठलाई समारोह समिति, सुरेश शाहलाई प्रचार समिति र सरिला श्रेष्ठलाई राष्ट्रिय टोली व्यवस्थापन समितिको संयोजक तोकिएको एन्फाले जनाएको छ ।
एन्फाले यसअघि नै भेन्यु म्यानेजरको रुपमा रविन्द्र चन्द, लोकल जेनरल को–अडिनेटरको रुपमा विजय घले, सुरक्षा प्रमुखको रुपमा दिनेश ब्यन्जनकार र मार्केटिङ तथा ब्रोडकास्टिङका लगि सन्जिव शिल्पकारलाई जिम्मेवारी दिएको थियो ।
सेप्टेम्बर ६ देखि १९ सम्म दशरथ रंगशालामा हुने च्याम्पिनयसिपको टिकट विक्रीका लागि एन्फाले कम्तीमा २५ लाख रुपैयाँको टेण्डर आव्हान गरेको छ । भारतलाई फिफाले निलम्बन गरेपछि अब ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल समूह बीमा भुटान र श्रीलंकासँग रहेको छ । समूह एमा बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।