काठमाडौं । राष्ट्रिय फूटबल टोलीको सहायक प्रशिक्षकमा युगोलकिशोर राई र गोल-किपिङ प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन् । अखिल नेपाल फूटबल संघ (एन्फा) ले साउन ३० गते राईलाई सहायक प्रशिक्षक र डंगोललाई गोल-किपिङ प्रशिक्षक नियुक्त गरेको हो ।
उनीहरूलाई बाङ्गलादेश विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नियुक्त गरिएको एन्फाले जनाएको छ । एन्फाले यसअघि नै प्रदीप हुमागाईँलाई प्रमुख प्रशिक्षक नियुक्त गरिसकेको छ । नेपाली टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ । असोज ११ गते काठमाडौंमा नेपाल र बाङ्लादेशबीच मैत्रीपूर्ण फुटबल हुँदैछ ।
बन्द प्रशिक्षणमा बोलाईका ४० खेलाडी:
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास