Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’
सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-4-19
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ ।

हाम्रो खेलकुदले बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भए ।

उनीहरुले जनही २५ हजार रुपैयाँसँगै सम्मान पत्र प्राप्त गरे । सम्मानित व्यक्तित्वलाई सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, चाइना ट्रेडलिंक सिइओ राजन महर्जन, बेथानचोक गाँउपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाई, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पुरस्कृत गरे ।

सम्मानित हुने खेलाडी:

जीतबहादुर केसी (एथलेटिक्स)
केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेका थिए । कुनै पनि नेपाली खेलाडीले जितेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

बैकुण्ठ मानन्धर (एथलेटिक्स)
सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उनी पहिलो नेपाली हुन् ।सन् १९८७ मा भएको तेस्रो सागमा उनले म्याराथनमा कीर्तिमान बनाएका थिए । त्यति बेला उनले २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले सम्म भंग हुन सकेको छैन । मानन्धरले सर्वाधिक ४ पटक ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका छन् ।

राजुकाजी शाक्य (फुटबल)
फुटबलमा कप्तान र प्रशिक्षक दुबै रुपमा साफको स्वर्ण जित्ने सौभाग्य निकै कमले मात्रै पाउँछन् । शाक्य तीनैमा पर्छन् । सागको पहिलो संस्करण सन् १९८४ र छैटौं १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए । छैटौं संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्राउँदा उनी टोलीको कप्तान थिए । प्रशिक्षकका रुपमा २०१६ मा भारतमा भएको सागको १२ औं संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई स्वर्ण दिलाएका थिए । शाक्य हाल एनआरटीको प्रशिक्षकका रुपमा कार्यरत छन् ।

संगिना वैद्य (तेक्वान्दो)
विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन शुरु गरेपनि संगिनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेकी थिइन् । स्वदेशमा आयोजना भएको १९९९ को आठौं र २००४ नवौं सागमा स्वर्ण पदक जितेकी संगिना १३ औं सागमा टोलीको प्रशिक्षक थिइन् । उनी तेक्वान्दोकी एसियन च्याम्पियन पनि हुन् ।

दीपक विष्ट (तेक्वान्दो)
दीपकले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौं सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जितेका थिए । त्यस्तै उनले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जितेका थिए । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीको रुपमा पनि उनले बेजिङ ओलम्पिक २००८ खेलेका थिए । नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेको दीपक हाल तेक्वान्दोका प्रशिक्षक हुन् ।

पारस खड्का (क्रिकेट)
पारस नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप २०१४ खेल्दा होस् वा सन् २०१८ मा ओडिआई मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आई।सी।सीको पहिलो उपाधि डिभिजन ५ हुँदै ४ र ३ को उपाधि उनकै नेतृत्वमा नेपालले जितेको थियो । नेपालका लागि ओडिआई र टी–२० दुबैमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् ।

गौरिका सिंह (पौडी)
तीन वर्ष अघि स्वदेशमा भएको १३ औं सागमा गौरिकाले ४ स्वर्ण पदकसहित ९ पदक जितेकी थिइन् । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी थिइन् । सन् २०१६ को रियो ओलम्पिकमा भाग लिदा सबैभन्दा कम उमेरकी खेलाडी थिइन् । त्यति बेला उनको उमेर १३ वर्षको थियो ।


प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १९:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन आइतबार, वैशाख ६, २०८३
हक्की टोलीको विदाई
हक्की टोलीको विदाई आइतबार, वैशाख ६, २०८३
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित शनिबार, वैशाख ५, २०८३
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि शनिबार, वैशाख ५, २०८३
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि बिहीबार, वैशाख ३, २०८३
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा बुधबार, वैशाख २, २०८३
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी मंगलबार, वैशाख १, २०८३
Navodit College Navodit College
ताजा समाचार
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन
आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन खेलकुद मञ्‍च
हक्की टोलीको विदाई
हक्की टोलीको विदाई खेलकुद मञ्‍च
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित खेलकुद मञ्‍च
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि खेलकुद मञ्‍च
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
बागमती तेक्वान्दोमा पुरी निर्विरोध
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि शनिबार, वैशाख ५, २०८३
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित
स्ट्यागद्वारा पदक विजेता निश्चल र सुरम्या सम्मानित शनिबार, वैशाख ५, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्