काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल विज्ञान खेलकुद प्रतिष्ठान (सान) का पूर्व निर्देशक डा. प्रकाश प्रधानद्वारा लिखित ‘साइन्स अफ स्पोर्ट्स ट्रेनिङ’ नामक पुस्तक सोमबार विमोचन गरिएको छ ।
पुस्तकको प्रा.डा. रामकृष्ण महर्जन, राखेपका पूर्व सदस्य गंगाबहादुर थापा, लेखक प्रधानलगायतले त्रिभूवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रमबीच विमोचन गरे । सो अवसरमा राजकुमार कार्कीको अध्यक्षतामा २५ सदस्यीय नेपाल स्पोर्ट्स साइन्स एसोसिएसन गठन गरिएको पनि जानकारी गराइयो ।
वरिष्ठ उपाध्यक्षमा रुकेश तण्डुकार, उपाध्यक्षमा राकेशकुमार राई, सुनकेशरी माली र राजेन्द्र खत्री, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा युपेन श्रेष्ठ, विराज काफ्ले र सरोज ऐर, कोषाध्यक्षमा आयशा शाक्य र सह–कोषाध्यक्षमा शरद दर्शनधारी रहेका छन् ।
सदस्यमा सुजन नगरकोटी, हरि भट्टराई, राजेन्द्र बुढाथोकी, नीतु चौधरी, पुजन थापा, अनिल चौधरी, जय लामा, याङगुप बान्तवा, करण पुन, श्रीराम भण्डारी, तर्कराज भट्ट, मिनाकुमारी राई, मुना बासुकला र विजय बुर्जा छन् ।