काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्यान्डमा हुने विश्वकप लिग २ र त्यसअघि क्यानडाविरुद्धको वान–डे सिरिजका लागि नियमित कप्तान सन्दीप लामिछानेको नेतृत्वमा आइतबार १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ ।
टिमको उपकप्तानमा रोहित पौडेल रहेका छन् । टिममा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) छन् ।
नेपाली टिम क्यानडामा दुई वान–डे खेलेपछि स्कटल्यान्ड जानेछ, जहाँ घरेलु टिम स्कटल्यान्ड र नामिबियिाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो एकदिवसिय खेल असार २० (जुलाई ४) – नेपालविरुद्ध क्यानडा, दोस्रो एकदिवसिय खेल असार २१ ( जुलाई ५) – नेपालविरुद्ध क्यानडा हुनेछ ।
स्कटल्यान्डमा असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल, असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल, असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया, साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड हुनेछ । टिम मंगलबार क्यानडा प्रस्थान गर्नेछ ।