काठमाडौं । मित्रराष्ट्र भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन)का टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरे ।
टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झदै प्रतिस्पर्धा गर्न र राष्ट्रको लागि पदक प्राप्त गर्न शुभकामना व्यक्त गरे । प्रशिक्षक चित्रप्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् ।
जुन १४ देखि २२ सम्म हुने प्रतियोगितामा खेलाडीतर्फ बर्षा के.सी.(१३ बर्ष), झरना के.सी.(१४ बर्ष), एन्जीला राई (१५ बर्ष), सर्मिला वाईवा (१७ बर्ष), बर्ष बुढा मगर (५० केजी), पुष्पका लामा (५५ केजी), अरिका गुरुङ्ग (६८ केजी माथि), सुरोज राजबाहक (१५ बर्ष), शाहिल घले (१६ बर्ष), रुपक श्रेष्ठ (१७ बर्ष), सम्मान श्रेष्ठ (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), सुरेन्द्र तामाङ्ग (६८ केजी), पासाङ्ग ग्याल्जेन थोकर (७५ केजी), संजय महर्जन (८४ केजी माथि) रहेका छन् ।
त्यस्तै, व्यवस्थापकमा संजय महर्जन, अफिसियलमा पुरुषोत्तम महर्जन, रेफ्रितर्फ विकास राजवाहक, गोविन्द श्रेष्ठ, नविन महर्जन, दिनेश तामाङ रहेका छन् । टोली शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।