काठमाडौं, साउन ३ । नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलमा सहभागी नागर्जुन नगरपालिका भित्र बासोबास गर्ने ६ पदकधारी खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् । एक आयोजित कार्यक्रमबिच उनीहरुलाई सम्मान गरिएको हो ।
तीन महिनाअघि सम्पन्न गरिएको विर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगीताको समिक्षा तथा सम्मान कार्यक्रम कलंकीस्थित अम्रेलाइभेन्दस्माश्री विर गणेशमान सिंह फाउन्डेसनका केन्द्रिय सदस्य प्रभाषमान श्रेष्ठको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा विर गणेशमान बक्सिङ प्रतियोगीतामा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै १३औँ दक्षिण एशियाली खेलका स्वर्ण पदकधारी तेक्वान्दो खेलाडी सन्जीला तिमल्सिना र जुडोकी देविका खड्कालाई जनही २५ हजार, जुडोकै रजत पदकधारी इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानलाई जनही १५ हजार, तेक्वान्दोका अस्मिता खड्का र अश्मिन राउतलाई १० हजार र तेक्वान्दो प्रशिक्षक नोर्बु लामालाई ५५ हजार नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
तेक्वान्दो प्रशिक्षक लामाविगत २५ वर्षदेखि नागर्जुन ९ स्थित स्यूचाटार तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक हुन भने १३औँ दक्षिण एशियाली खेलमा पनि तेक्वान्दोको टिम प्रशिक्षक थिए । सम्मानित भएका तेक्वान्दोका तीन खेलाडी स्यूचाटार तेक्वान्दो डोजाङ्गका खेलाडीहरु हुन् ।
उक्त कार्यक्रममा नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले खेलाडी राष्ट्रका गहना हुन् र पदकधारी खेलाडीहरुलाई सम्मान गर्न पाउदा हर्षित भएको र छिटै नै नार्गजुन नगरपालिकालाई खेलकुदमय बनाउनलाइ ईन्डोर हलहरु बनाउन र बनाउँदै गरेका हलहरुलाई तयार गर्न समेत तत्पर रहेको व्यक्त गरेका थिए । त्यस्तै, उनले तेक्वान्दो खेललाई राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका प्रतियोगिताहरुमा तयार गर्नको लागि सदैव सहयोग गर्ने कुरा व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्का तथा जिल्ला तथा नगरस्तरीय नेताहरुको साथै नार्गजुन ६, ७, ९ र १० का वडाध्यक्षहरुको पनि उपस्थिती रहेको थियो । स्युचाटार तेक्वान्दो डोजाङ्गका अध्यक्ष ईश्वर विडारी तथा कोषाध्यक्ष लव केसी तथा प्रशिक्षक सरोज बास्कोटाको पनि उपस्थिती रहेको थियो । कार्यक्रम तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले संचालन गरेका थिए ।