काठमाडाैं, ७ असार – अखिल नेपाल खेलकुद संघको आयोजनामा संचालन हुने प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ।
बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिङ खेलको बिकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले भने बुढानिलकण्ठले लगातार बक्सिङको राष्ट्रिय प्रतियोगिता गदै आएको छ,भविष्यमा यहि प्रतियोगिताको माध्यमबाट राष्ट्रको प्रतिनीधित्व गर्ने उत्कृष्ट खेलाडी जन्मने छन्।
आयोजक अखिल नेपाल खेलकुद संघका अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनवहादुर केसीले पुरुषतर्फ ५२,५६,६०,६४,६९,७५,८१,९१ र ९१ माथी ९ तौल समूह तथा महिलातर्फ ४८,५१,५४,५७,६०,६४,६९ र ७५ माथीको ८ तौल समूह रहेको र सेमिफाईनल पुग्ने खेलाडीको अावत जावत र खाना र बस्ने व्यवस्था मिलाएको बताएका छन्।
यसो गर्दा उत्कृष्ट खेलाडीको सहभासगता हुने विश्वास लिएको पनि स्पष्ट पारेका छन्। पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक पवन अग्रवालले प्रत्येक तौल समूहका बिजेता,उपबिजेता र तेश्रो स्थान हाँसिल गर्ने खेलाडीलाई नगद पुरस्करले पुरस्कृत गर्ने बताए। उनले भने आर्मी,पुलिस र एपीएफ लगायत नेपालका चर्चित करिब १ सय ५० जना खेलाडीले सहभागिता जनाउने छन्।
प्रतियोगिता लौनचौर स्थित टेबलटेनिस हलमा असार १३ देखि १७ सम्म संचालन हुने छ। प्रतियोगिताको अनुमानित बजेट २९ लाख ५० हजार रहेको छ।