Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • नेपाललाई खेलकुदको पावर हाउस बनाउने राखेपका सदस्य–सचिवको उद्घोष
नेपाललाई खेलकुदको पावर हाउस बनाउने राखेपका सदस्य–सचिवको उद्घोष
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-09-10
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

पोखरा, पुस १० । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवालले नेपाललाई खेलकुदको दक्षिण एशियाली राष्ट्रमा पावर हाउसको रुपमा स्थापित गराउने बताएका छन । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको ‘१३औं हिसान कास्की स्पोर्टस मिट–२०७६’ लाई सम्बोधन गर्दै राखेप सदस्य सचिव सिलवालले उक्त कुरा बताएका हुन ।

उनले भने–‘हामी १३औं सागमा प्राप्त सफलता संगै १४औं सागको तयारीमा योजनावद्ध रुपमा जुटिसकेका छौं, अबको सागमा हाम्रो लक्ष्य ७५ वटा स्वर्ण पदक हो ।’ हिसानका केन्द्रिय अध्यक्ष समेत रहेका राखेप सदस्य सचिव सिलवालले अब खेलाडीलाई नियमित प्रशिक्षण गर्दै उनीहरुको सम्मान र आत्मसम्मान बढाउनेतर्फ परिषदले ध्यान दिने बताए । उनले भने–‘अहिले हामी जुन योजनाका साथ काम गर्ने सोच बनाएका छौं अब खेलकुदमार्फत नेपाल दक्षिण एशियाली राष्ट्रमा मात्रै नभई एशिया हुँदै ओलम्पिकमा समेत नेपाललाई सक्षम रुपमा उभ्याउन सफल हुनेछ ।’ नेपालमा खेलकुद पूर्वाधार विकासले पनि अबको खेलकुदले गति लिने बताउँदै सदस्य सचिब सिलवालले खेलकुद सबैका लागि उत्पादनशिल बनाउनेतर्फ पनि जोड दिएको बताए । सागको सफलता कठिन परिस्थितिमा समेत चुस्त व्यवस्थापनकै कारणले सफल भएको बताउँदै उनले अब पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई अझै भव्य बनाउनतर्फ परिषद अघि बढेको बताए ।

पोखरालाई गण्डकी प्रदेशकै खेलकुद हवको रुपमा बिकास गर्न परिषदले आफ्नो तयारी थालेको बताउँदै सदस्य सचिब सिलवालले तिन महिना भित्र पोखराको मुहारनै फेर्ने गरि २० हजारको क्षमताको फुटबल स्टेडियम तयार हुने बताए । पोखरा रंगशालाको बास्केटबल कोर्टमा प्यारापिट तथा पोखरा रंगशालामा नवौ राष्ट्रिय खेलकुदका लागि हिटिङ स्विमिङ पूल समेत निर्माण हुने उनले जनकारी दिए ।

उनले यहि माघमा आयोजना हुने राष्ट्रपती कप र उपराष्ट्रपती कप जस्ता खेलकुदका कार्यक्रमहरुलाई समेत नयाँ ढङ्गले अगाडी बढाउने बताए । ग्रासरुट लेभलमा खेलाडी उत्पादनका लागि परिषदले विशेष जोड दिने बताउँदै सदस्य सचिब सिलवालले ति प्रतियोगितामा बिजेता खेलाडीलाई तीन महिने प्रशिक्षण समेत गराइने बताए ।

सदस्य सचिब सम्मानित

सो अबसरमा हिसान कास्कीले १३औं सागलाई भब्य रुपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै राखेप सदस्य सचिब सिलवाललाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेको छ । यसै गरि सागको भब्य सफल आयोजना गर्न भूमिका खेलेकोमा राखेप सदस्य राजेशकुमार गुरुङ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङलाई दोसल्ला ओढाएर हिसान कास्कीले सम्मान गरेको हो ।

उद्घाटन कार्यक्रममा हिसानले आयोजना गरेका शैक्षिक कृयाकलाप अन्तरगत सम्पन्न नेपाली अंग्रेजी निबन्ध प्रतियोगिता र वक्तित्वकलामा प्रथम, द्वितिय, तृतिय र सान्तत्वना हुने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उनले शिक्षित र अनुशासित खेलाडी उत्पादनमा हिसानले विशेष जोड दिएको बताए । कार्यक्रममा हिसानका उपाध्यक्ष याम बहादुर रोक्का, सचिब दिवाकार जैशी लगायतले प्रतियोगिताका बारेमा बोलेका थिए ।

बुधबारदेखि शुरु भएको हिसान स्पोर्टस मिटमा छात्रा भलिबल, छात्र–छात्रा टेबुल टेनिस र छात्र तर्फ बास्केटबल प्रतियोगिता शुरु भएको स्पोर्टस मिटका संयोजक बाबुराम पन्तले जानकारी दिएका छन । छात्रा भलिबलतर्फ ११ वटा खेल सम्पन्न भएको भलिबल खेलका संयोजक पूरन कुवंरले जानकारी दिए । सम्पन्न खेलमा टप्स माबी, सृजना मावि, कास्की मोर्डनाइज्ड, केफ, पोखरा उच्च माबि, लिटिल स्टेप, मदरल्याण्ड, न्यू ग्यालेक्सी बिजयी भएका छन । छात्रातर्फको भलिबल सेमीफाइनल खेल शुक्रबार हुनेछ भने छात्रतर्फका खेल बिहिबार शुरु हुनेछन ।

यता बास्केटबलतर्फ पोखरा रंगशालामा सम्पन्न खेलमा न्यू ग्यालेक्सी, जेसिए, केफ, सोसल पब्लिक, मदरल्याण्ड, प्रतिभा बिजयी भएका छन भने अम्बर सिंंह स्कूलको कोर्टमा सम्पन्न खेलमा पोखरा सेकेण्डरी, लिटिल स्टेप, बाल कल्याण, ग्लोबल, नेपाल आर्दश र कास्की मोर्डनाइज्ड बिजयी भएको संयोजक पुष्पराज पराजुलीले जानकारी दिए ।

२०६४ सालदेखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा मावितह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल माबी तह छात्रतर्फ ३३ टिम, छात्रा तर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमको सहभागिता रहेको छ । त्यसैगरी, छात्र टेनिस मावि सिंगल्समा ७२ जना, छात्रा सिंगल्समा ३८ जना, छात्र डबल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको छ । हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमा ५३ विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका छन । पुस १२ गतेसम्म संचालन हुने स्पोर्टस मिट सम्पन्न गर्न करिब सात लाख खर्च लाग्ने हिसानले जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  ०७:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न शनिबार, फागुन ३०, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी शुक्रबार, फागुन २२, २०८२
प्रधानमन्त्रीसंग राखेपको छलफल
प्रधानमन्त्रीसंग राखेपको छलफल सोमबार, माघ २७, २०८२
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत खेलकुद मञ्‍च
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित खेलकुद मञ्‍च
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत खेलकुद मञ्‍च
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित खेलकुद मञ्‍च
दिक्षा, महेश र रनोजलाई उपाधि
दिक्षा, महेश र रनोजलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन आइतबार, चैत ८, २०८२
दिक्षा, महेश र रनोजलाई उपाधि
दिक्षा, महेश र रनोजलाई उपाधि आइतबार, चैत ८, २०८२
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित आइतबार, चैत ८, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्