Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • १३औँ सागः सागको छैटौँ दिन आज १९ खेल हुँदै, पदकमा भारत अगाडी
१३औँ सागः सागको छैटौँ दिन आज १९ खेल हुँदै, पदकमा भारत अगाडी
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-08-20
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, मंसिर २० । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को छैटौँ दिन आज शुक्रबार काठमाडौं, पोखरा र जनकपुरमा गरी १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सिङमा प्रतिस्पर्धा हुने छ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पदक तालिकामा पाँचौँ दिनसम्म भारतले ६४ स्वर्णसहित अग्रता बनाएको छ । ३६ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

आज हुने खेलहरुः

क्रिकेट
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू–२३ को सामना गर्ने छ । यस्तै दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच हुनेछ ।

पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ । फाइनल पुग्न नेपाललाई बलियो प्रतिद्वन्दी श्रीलंका माथि जित निकाल्नुको बिकल्प छैन । नेपाल पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो । त्यस्तै, टेष्ट राष्ट्र बंगलादेशसंग १० विकेटको हार ब्यहोरेको थियो । खेल बिहान ११ बजे हुने छ ।

बक्सिङ
साग अन्तर्गत शुक्रबारबाट बक्सिङ सुरु हुनेछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका तर्फबाट ४९ केजीमा सुशील थापा मगरले भुटानका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् । यस्तै, ६० केजीमा सनिल शाहि र ६४ केजीमा भुपेन्द्र थापा मगरले भुटानी खेलाडीसँग खेल्ने छन् । ७५ केजीतर्फ दिपक श्रेष्ठले भारतका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

एथ्लेटिक्स
एथ्लेटिक्सतर्फ शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ९ खेल फाइनल चरणको खेल हुनेछ ।

सुटिङ
सुटिङतर्फ शुक्रबार दुई खेल हुँदैछन् । बिहान पहिलो चरणमा यार्पिड फायर पेस्तोलका खेल हुनेछ । यस्तै एयर पेस्तोल महिलाको खेल पनि हुनेछ । महिला खेल शुक्रबार फाइनल हुनेछ ।

भारोत्तोलन
भारोत्तोलनमा शुक्रबार ५ स्पर्धा हुनेछ । पुरुषतर्फ ३ तथा महिलाको २ खेल हुनेछ । पुरुषमा ६७ केजी, ७३ केजी र ८१ केजीको प्रतिस्पर्धा हुनेछ भने महिलामा ५९ र ६४ केजीको स्पर्धा हुनेछ ।

टेबल टेनिस
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिबार एकलतर्फको खेल हुनेछ । शुक्रबार बिहान ९ बजेदेखि पुरुष एकलको सेमिफाइनलका खेल सुरु हुनेछ । सेमिफाइनलमा नेपालका पुरुषोत्तम बज्राचार्यले भारतका हर्मित देशाईसँग खेल्नेछन् । स्यान्टु श्रेष्ठले अमलराज एन्थोनिसँग प्रतिस्पर्धा गर्नेछन् ।

ह्याण्डबल
ह्याण्डबलमा शुक्रबार पुरुषमा भारतले माल्दिभ्स तथा पाकिस्तानले श्रीलंकाको सामना गर्ने छ । यस्तै महिलातर्फ पाकिस्तान र भारत तथा बंगलादेशले श्रीलंकासंग खेल्ने छ ।

पौडी
पौडीको दोस्रो दिन नेपालले विभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पहिलो दिन १ स्वर्ण, एक रजत र एक कास्य जितेको छ ।

बास्केटबल
बास्केटबल शुक्रबार तीन खेल हुनेछ । आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ । पुरुषमा बंगलादेश र माल्दिभ्स तथा भारत र भुटानले खेल्नेछ । महिलामा भारत र माल्दिभ्स खेल्ने छन् ।

कब्बडी
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कब्बडीतर्फ शुक्रबार लिग चरणमा अन्ति खेल हुनेछ । जसबाट समूह विजेता र उपविजेता तय हुनेछ । महिलातर्फ नेपाल र भारत एक खेल अगावै फाइनलमा पुगिसकेका छन् । नेपालले अन्तिम खेलमा भारतसँग खेल्नेछ । कब्बडीको पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन् ।

ब्याडमिन्टन
पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ शुक्रबार पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ । शुक्रबार ब्याडमिन्टनको सिंगल डबल्स र मिक्स डबल्सतर्फ फाइनल स्पर्धा हुनेछ । बिहिबार भएको सेमिफाइनलमा पराजित भएपछि नेपालको ब्याडमिन्टनमा स्वर्ण जित्ने सपना समाप्त भएको थियो ।

गल्फ
गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ । गल्फको तेस्रो दिन पुरुषमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् । दुवै खेलाडी स्वर्ण नजिक पुगेका छन् ।

आर्चरी
आर्चरी खेल शुक्रबारबाट सुरु हुनेछ । पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ । अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । शुक्रबार र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् । आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६/१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।

स्क्वास
शुक्रबारबाट स्क्वासको खेलहरु हुँदैछन् । प्रतियोगिताको छैठौ दिनबाट स्क्वास हुन लागेको हो । सातदोबाटोस्थित स्क्वास हलमा महिला तथा पुरुष दुवै तर्फको खेल हुनेछ । पहिलो दिन राउण्ड र क्वाटरफाइनलका खेल हुनेछन् ।

बीच भलिबल
बिच भलिबलतर्फ शुक्रबार पनि महिला र पुरुष दुवैतर्फको लिग चरणमा खेलहरु हुनेछ । बिहिबार नेपालले महिला र पुरुषको चार खेलमा पराजय व्यहोरेको थियो ।

फेन्सिङ
फेन्सिङको खेलहरु शुक्रबारबाट शरु हुनेछ । पहिलो दिन केहि विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

टेनिस
टेनिसमा शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । शुक्रबार पुरुष तथा महिला एकलतर्फको खेलहरु हुनेछ । पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वार्टरफाइनलमा पुगेका छन् ।

कुस्ती
कुस्तिको खेल जनकपुरमा शुक्रबार सुरु हुनेछ ।

साइक्लिङ
साइक्लिङ अन्तर्गत शुक्रबार पनि विभिन्न खेल हुनेछ । साइक्लिङको प्रतिस्पर्धा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा हुनेछ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  ०९:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न शनिबार, फागुन ३०, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी शुक्रबार, फागुन २२, २०८२
प्रधानमन्त्रीसंग राखेपको छलफल
प्रधानमन्त्रीसंग राखेपको छलफल सोमबार, माघ २७, २०८२
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत खेलकुद मञ्‍च
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित खेलकुद मञ्‍च
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत खेलकुद मञ्‍च
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित खेलकुद मञ्‍च
दिक्षा, महेश र रनोजलाई उपाधि
दिक्षा, महेश र रनोजलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन आइतबार, चैत ८, २०८२
दिक्षा, महेश र रनोजलाई उपाधि
दिक्षा, महेश र रनोजलाई उपाधि आइतबार, चैत ८, २०८२
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित आइतबार, चैत ८, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्