काठमाडौं, भाद्र ३१ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघ अन्तर्गत कर्णाली प्रदेश नम्बर ६ ‘सल्यान जिल्ला मार्शल आर्ट्स हाप्किडो संघ’ गठन भएको छ । एक कार्यक्रमबीच मार्शल आर्ट्स खेलाडी शेरबहादुर पुनको अध्यक्षतामा ११ सदस्यीयसहितको उक्त संघ गठन भएको हो ।
संघको उपाध्यक्षमा कविता बुढा र देवबहादुर बस्नेत, सचिवमा टिकाराम के.सी., कोषाध्यक्षमा भरत पुन, सदस्यहरुमा प्रकाश खत्री, ललीत घर्ती मगर, राजेन्द्र शाही, देबेन्द्र डागी, भुवन राना, कृष्ण बुढाथोकी रहेका छन् ।
कार्यक्रममा कर्णाली प्रदेश गाउपालिका महासंघका अध्यक्ष तथा कपुरकोट गाउपालिका सल्यानका अध्यक्ष भिमबहादुर सेन, नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रीय सदस्य सुबर्ण बि.सी., कपुरकोट गाउपालिका १ का वडाध्यक्ष बालाराम खड्का, वडा नम्बर २ का अध्यक्ष मानबहादुर राना, वडा नम्बर ६ का अध्यक्ष हेरम बुढाथोकी, दाङ मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष भूबन बुढा मगर, वन महासंघ सल्यान जिल्ला सचिव प्रेम पहाडी, कपुरकोट गाउपालिका कार्यपालिकाका सदस्य थकबिर बिकका साथै प्रशिक्षक तथा खेलाडीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष भिमबहादुर सेनले जिल्लामा मार्शल आर्ट्स हाप्किडो खेलको बिकास र विस्तारलाई स्थानीय तहबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, हाप्किडो संघका केन्द्रीय सदस्य सुवर्ण बि.सी.ले उक्त संघ र खेललाई ६ नम्बर कर्णाली प्रदेशका सबै जिल्लाहरुमा एक महिनाभित्रै केन्द्रको कार्ययोजना अनुसार जिल्ला गठन र खेलाडीहरू विस्तार गर्ने बताए ।