काठमाडौं, भाद्र २३ । एसियाली साम्बो प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ । सेप्टेम्बर १० देखि १६ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य बद्रीप्रसाद अधिकारी, राखेपका पूर्व सदस्य नारायणप्रसाद पौडेललगायतले आज एक कार्यक्रमबीच बिदाइ गरे ।
पुरुषको साम्बो स्पोर्ट्सतर्फ ५२ केजीमा निरज भण्डारी, ५६ केजीमा प्रवीण गुरुङ, ६० केजीमा आशिष तामाङ, ६५ केजीमा विकल छन्त्याल, ६८ केजीमा सुदिप थापा, कृष्णलाल तामाङ र रविन्स तामाङ, ६४ केजीमा दिनेश महर्जन, ८२ केजीमा प्रदीप पाण्डे, ९० केजीमा सुदिप आचार्य र सुदन लामा तथा सय केजीमा श्रृजेश श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महर्जन, लामा, गुरुङ र आचार्यले कम्ब्याटतर्फ पनि खेल्ने छन् । महिला साम्बो स्पोर्ट्सको ४४ केजीमा मिरा पौडेल, ५२ केजीमा भगवती माझी, ५६ केजीमा सब्बारानी महर्जन, र ६० केजीमा रचना लामाले भाग लिने छन् ।
अफिसियलमा नेपाल साम्बो फेडेरेसनका अध्यक्ष एवं प्रमुख प्रशिक्षक धनञ्जय श्रेष्ठ, उपाध्यक्ष पुरुषोत्तम सिम्खडा, राजकुमार श्रेष्ठ र रमेश पौडेल, महासचिव उत्तम श्रेष्ठ, सचिव मदन पौडेल र सदस्य राम वली तथा रेफ्रीमा गोपाल पुन मगर रहेका छन् ।