काठमाडौं, भाद्र २१ । नेपाल मार्शल आर्ट्स हाप्किडो संघअन्तर्गत रूपन्देही जिल्ला मार्शल आर्ट्स हाप्किडो संघ गठन भएको छ । एक कार्यक्रम बीच युवा खेलाडी तथा व्यवसायी रेशम महराको अध्यक्षतामा १३ सदस्यसहितको उक्त संघ गठन भएको हो ।
संघको उपाध्यक्षमा धनबहादुर दमाई(सुवास) र दिलमाया गुरुङ, सचिवमा गोपाल के.सी., कोषाध्यक्षमा राजनकुमार गाहा मगर रहेका छन् भने सदस्यद्वय भोलाबहादुर क्षेत्री, कुशल गुरुङ, भूम लाल श्रेष्ठ, रबिन राना मगर, याम थापा, मदन थापा, सोया पुन मगर र सन्तकुमार श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगर, केन्द्रीय सदस्य सुवर्ण वि.सी., हाप्किडो प्रशिक्षक बिक्रम बाठा मगर, रोल्पा जिल्ला मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष यमुना घर्ती मगर, व्यवसायी तथा पूर्व खेलाडी लोकबहादुर नेपाली एवं प्रशिक्षक खेलाडीहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष घर्ती मगरले हाप्किडो खेलको विकास र विस्तारसंगै हजारौं खेलाडीहरू जिल्लाले उत्पादन गरि समाज र देशलाई पहिचान गराई विकास र समृद्धिको यात्रामा लाग्न खेलाडीहरुलाई हौसाएका थिए ।