काठमाडौं, साउन १९ । आयोजक ग्रिनफिल्डले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेको छ । सिनियर ब्वाइजमा ग्रिनफिल्डले ग्रिन लन्सलाई ४५–२५ ले पराजित गर्यो ।
विजयी टिमका लागि विप्लव बलले १६ अंक जोडे । जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले महामञ्जुश्रीलाई ३०–२५ ले हरायो । विजेताका गोविन्द शाहीले ९ अंक जोडे । सिनियर ब्वाइजमै महामञ्जुश्रीले जुबिलियन्टलाई ३३–२०, विल्सनले कन्तिपुरलाई ४६–२७, ब्राइट होराइजनले ग्लेन बड्सलाई ३६–१०, बिग बुद्धले हर्ट ल्यान्डलाई ४०–३०, ज्ञान निकेतनले ज्योतिलाई ५३–३० र ग्रिनल्यान्डले दुर्गा भवानीलाई ५५–२२ ले पाखा लगाए ।
महामञ्जुश्रीका सुजन मोक्तानले २१, विल्सनका विनोद सेनले १८, ब्राइट होराइजनका प्रकाश कँडेलले १२, बिग बुद्धका प्रशान्त लोप्चनले २६, ज्ञान निकेतनका विशाल बुढाथोकीले १७ र ग्रिनल्यान्डका राजीव आले मगरले २६ स्कोर गरे । जुनियर ब्वाइजमा सेबले ज्ञान निकेतनलाई २५–२१ ले पन्छायो । सेबका कुमार तामाङले १७ अंक जोडे ।
गल्र्समा ग्रिनल्यान्डले ज्योति एकेडेमीलाई २१–१२ ले पराजित गर्यो । ग्रिनल्यान्डकी सितोषना केसीले ८ अंक जोडिन् । उक्त प्रतियोगिताको ग्रिनल्यान्डका भाइस प्रिन्सिपल खिबराज शर्माले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगिताको सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५, गल्र्समा १४ तथा स्टाफमा ८ टिम सहभागी थिए ।