काठमाडौं, साउन १७ । आठौं गोल्डेनपिक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्याण्ड, लालिगुराँस र रिलायन्सले जितेका छन् । आज भएको सिनियर ब्वाईजको उपाधि भिडन्तमा ग्रिनल्याण्ड स्कुलले आयोजक गोल्डेनपिक माथि ४६–४२ को कठिन जित निकाल्यो । सिनियरतर्फ उत्कृष्ट खेलाडी चुनिएका ग्रिनल्याण्डका राजिव आलेले उत्कृष्ट प्रदर्शन गर्दै १९ स्कोर गरेका थिए ।
चावहिल सरस्वतीनगरस्थित गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको जुनियर ब्वाइजतर्फको खेलमा लालिगुराँसले बाजी मार्यो । दिपेश क्षेत्रीको ११ स्कोरको मद्दतमा लालिगुराँसले एञ्जलहार्ट स्कुललाई ३६–३३ को स्कोरमा स्तब्ध बनायो । दिपेश नै जुनियर ब्वाइजका उत्कृष्ट खेलाडी चुनिए । त्यस्तै, गल्र्सको उपाधी रिलायन्स पब्लिकले जित्यो । फाइनल खेलमा रिलायन्स पब्लिकले गोल्डेनपिक हाइ स्कुललाई १४–१० का कठिन जित निकाल्यो ।
रिलायन्सको जितमा ११ स्कोर गरेकी ओजस्वी निरौला उत्कृष्ट खेलाडी भइन् । प्रतियोगितामा आयोजक गोल्डेनपिक स्कुलका खेलाडीले तीनै विधाको हाई स्कोररको उपाधि हात पारे । सिनियरतर्फ गोपाल भण्डारी, जुनियर ब्वाइजतर्फ सुविन तामाङ्ग र गल्र्सतर्फ दावा छिन्जुम शेर्पाले प्रतियोगिता अवधिभर उच्च स्कोर गरेका थिए । प्रतियोगितामा सिनियरतर्फ भ्यालिपब्लिक स्कुलका सक्रिय अधिकारी उत्कृष्ट थ्रि प्वाइन्टर चुनिदा जुनियर व्वाइजतर्फ एञ्जलहार्टका दिवस गर्वुजाले थ्रि प्वाइन्टर उपाधि हात पारे ।
त्यस्तै, गल्र्सतर्फ भने उदयमान खेलाडीको उपाधि आयोजक गोल्डेपिक स्कुलकी खेलाडी इमोनिका राईले हासिल गरिन् । प्रतियोगिताको विजेता खेलाडीलाई प्रमुख अतिथि नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, पत्रकार तथा लेखक दामोदर न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन कुमार खत्री, उपत्यका प्यावसन अध्यक्ष थकिन कुमार गुरुङ्ग, प्राचार्य छत्रमणि राई, टोल सुधार समितिका अध्यक्ष रघुविर भण्डारी लगायतले मेडल, प्रमाण पत्र, ट्रफि तथा अन्य पुरस्कारहरु वितरण गरेका थिए ।